Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी राजदूतले के बरदान मागे होलान् ?

१८ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । हिन्दुहरू भगवानको पूजा आराधना गर्छन्, बर माग्छन् । आफूले चिताएको काम सफल होस् भन्छन् । हिन्दु संस्कार पश्चिमाहरू निकै चाखपूर्ण रूपमा अध्ययन गर्न थालेका छन् । नेपाल सरकारले भाषा, संस्कृति र संस्कारलाई अन्धविश्वास भनेर प र प..र पार्न थाले पनि पश्चिमाहरू यही संस्कृतिको पछि लागेर अध्ययन र अध्यापन गर्न थालेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत छन्– ¥याण्डी बेरी । उनी फुर्सद पायो कि नेपालका विभिन्न भागमा जान्छन्, मन्दिर सत्तल र पार्टी पौवामा पुगेर सुस्ताएका बुढाबुढीलाई पनि भेट्छन्, विभिन्न जातजातिसँग कुराकानी गर्न रूचाउँछन् ।
सन २०१५ मा मानवाधिकार सम्बन्धि विशेष दूतका रूपमा काम गरिसकेकाले पनि नेपालमा मानवाधिकार विकासमा राजदूत बेरी विशेष चासो राख्ने गरेको देखिएको छ ।
१९६५ मा जन्मेका बेरी १९९३ देखि अमेरिकी विदेश मन्त्रालयमा काम गर्छन्, उनी माथिल्लो श्रेणीका क्यारिएर कूटनीतिज्ञ हुन् । इजिप्ट, बंगलादेश, दक्षिण अफ्रिका, युगान्डा, न्यूजिल्याण्डमा काम गरिसके पनि नेपाल बेरीका लागि पुरानो कार्यक्षेत्र पनि हो । सन २००७ देखि २००९ सम्म डेपुटी चिफ अफ मिसनका रूपमा काम गरिसकेकाले पनि उनलाई नेपालमा काम गर्न सहज भएको हुनुपर्छ । कूटनीतिज्ञका रूपमा विभिन्न देशमा उनको २० वर्ष भन्दा बढीको अनुभव छ । उनलाई नेपालका लागि राजदूत पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मे २०१८ मा नियुक्त गरेका हुन् । सेप्टेम्बर २०१८ मा सिनेटले मञ्जुरी दिएपछि महामहिम राजदूत अक्टुवर २५ २०१८ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएर नेपालमा कार्यरत छन् । अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि पनि उनको कामलाई ह्वाइट हाउसले सह्राहना नै गरेको छ । राजदूत बेरीको यो कार्यकालमा एमसिसी सबैभन्दा बढी विवादित विषय हो । यो विषय अमेरिकाले थोपरेको नभई नेपालले मागेको योजना हो तर नेपालका नेताहरूले किन मागे र अहिले यो विषयलाई किन अति राजनीतिकरण गरिरहेका छन् । लिने वा नलिने निर्णय गर्न सकिरहेका छैनन्, आश्चर्य लाग्छ । हाम्रा कस्ता नेता हुन्, जो जनतालाई एमसिसीको विवाद के हो ? स्पष्ट बुझाउन सक्दैनन् ।