Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्र वैधानिक हुँदैगर्दा पूर्वराजा किन बैंककतिर?

३२ सोमबार , श्रावण २०७२९ बर्ष अगाडि

यता नयाँ महाराजाहरुलाई गणतन्त्र र धर्मनिरपेक्षतालाई बैधानिकता दिने चटारो चलिरहेको छ, पुराना राजा ज्ञानेन्द्र बुधबार बैंकक हान्निएका छन्, किन? राजनीतिक शंका र सरगर्मी यसरी बढेको छ कि लौ, पूर्वराजाले ठूलै षडयन्त्र गर्न लागेजस्तो छ। उनीहरुको तर्क छ, छोरो घरमै आइसके, बन्दव्यापार छैन, उपचारका लागि पनि होइन भनेपछि पूर्वराजा षडयन्त्र गर्नै बैंकक हिडेका हुन्।
आश्चर्य छ, पूर्वराजाले २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएपछि आजसम्म गणतन्त्रको विपक्षमा बोलेका छैनन्। राजतन्त्र फर्काउने कुनै क्रिया, कर्ममा पनि हात हालेका छैनन्। फेरि किन ठूला नेताहरुको होसले ठाउँ छाडेको हो कुन्नी? विश्लेषकहरुसमेत चकित परेका छन् ।
साँचो कुरा गर्ने हो भने 'जनताले खोजे म यहीँ छु' भन्ने पूर्वराजा जनताले नखोज्दासम्म नागरिक भएर बस्छु भन्ने बलियो मनस्थितिमा छन् र उनको यो मनस्थिति भाँडिएको कुनै प्रमाण देखिदैन। उनले यति लामो समय असल नागरिकका रुपमा बिताएका छन्। हो, परम्परा छोड्न नसक्दा, उनको धर्मकर्म वा समाजसेवामा जाँदा नागरिकले नै 'राजा आउ देश बचाउ, राजा जिन्दावाद'को नारा लगाएका हुन्। पूर्वराजाले यस्तो नारा लगाउ भनेर कुनै प्रेरणा दिने गरेका पनि छैनन्। राजावादी नारा लगाउनेहरु पनि कि त राजाका सामुन्ने, कि कोठामा मात्र यस्तो नारा लगाउने गरेका छन्। यसकारण पूर्वराजामा राजतन्त्र फर्काउँछु भन्ने कुनै चस्का देखिदैन। तथापि आगोले पोलेको जन्तु, बिजुली चम्कदा पनि तर्सिन्छ भनेझैं पूर्वराजा कतै निस्कदा पनि झस्किरहन्छन्। अहिले पूर्वराजा बैंककतिर हिँडे, यिनको पापी मनमा पाप उठेको छ– पक्कै षडयन्त्र गर्न हो। षडयन्त्र हुँदैछ।
के षडयन्त्र गर्ने हो बैंककबाट। बैंकक विश्वशक्ति पनि त होइन। थाइलेण्डसँग नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने शक्ति पनि छैन। चीन त सर्वशक्तिमान थियो र कम्बोडियाका राजा नरोदम सिंहानुकलाई पुनर्स्थापना गरिदियो। स्मरणीय छ, सार्कमा चीनलाई सदस्य बनाउनु पर्छ भन्दा भारत रिसायो र राजतन्त्रप्रति इवी साध्यो। चीनले नेपालको राजतन्त्रलाई साथ नै दिएन, नेपालको राजतन्त्र चीनको बली चढ्यो। यसकारण पूर्वराजा बैंकक गएर कुनै षडयन्त्र नै गरे पनि केही लछारपाटो लाग्नेछैन। बरु, पूर्वराजा राजधानीका तीन सहरमा पैदल निस्केर हिन्दूराष्ट्र हुनुपर्छ भन्ने नागरिक आवाज उठाइदिएको भए, यी राजनीतिक शक्तिको पसिना छुट्ने थियो। के गर्ने बन्चरो ताक्छ घुँडो भइदियो।
अनुमान छ, २०६३ साल वैशाख ११ को परिवर्तनमा भारतका प्रतिनिधिका रुपमा आएका करण सिंह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका केही विश्वासपात्रहरुसँग नेपालका पूर्वराजाको भेटघाटको कार्यक्रम छ। करण सिंहले एक अन्तर्वार्तामा त्यतिबेला राजतन्त्र राख्ने कुनै सम्झौता भएको थिएन भनेर टकटकिए पनि बेदान्ताचार्य करण सिंहलाई ठूलै पछुतो भइरहेको छ। सबै विषयमा प्रष्टिकरण दिन र नेपालमा राजतन्त्र तथा हिन्दूराष्ट्रका विषयमा भारतको नीति के हुने भन्न सम्बन्धमा समेत विशेष छलफल हुनसक्ने बताइदैछ। गत फागुन ७ गतेको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले आफूसँग भएको सम्झौता लागू गर भनेपछि माधवकुमार नेपालले कुनै सम्झौता भएको छैन भनेर तत्काल स्पष्टिकरण दिएका थिए। तर यसको तरङ्ग दिल्लीसम्म पुग्यो र पूर्वराजा ज्ञानेन्द्रको बैंकक भ्रमणको निम्तो करण सिंहले नै मिलाएको भन्नेहरु पनि भेटिएका छन्। यद्यपि करण सिंह अहिले कांग्रेस आईका सल्लाहकारका रुपमा रहेका छन्।
विश्लेषकहरु भन्छन्– भारतीय संस्थापनले प्रच48डसँग बैंकक र लण्डनमा कुरा गरेका थिए, स्वीटजरलेण्डमा पनि वार्ता प्रयास भएको थियो। नेपालमा संविधान घोषणाको तिथि नजिकिदै गर्दा हिन्दूराष्ट्रका सम्बन्धमा केही हुनसक्यो भने त्यो ठूलै उपलव्धिका रुपमा लिन सकिन्छ। बाँकी केही होलाजस्तो छैन।