Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुखदायी छ नेपाल–दक्षिण कोरियाको सम्बन्ध

३२ सोमबार , श्रावण २०७२९ बर्ष अगाडि

नेपाल–कोरियावीचको दौत्य सम्बन्ध १९६९ मा स्थापित भएको हो। १९७४ मा दक्षिण कोरियाले नेपालमा दूतावास खोलेको थियो। नेपालले भने २००७ मा मात्र दक्षिण कोरियामा दूतावास स्थापना गर्नसक्यो। सन २००४ देखि नेपालमा कोरियाका उच्चस्तरका भ्रमणहरु सुरु भएका हुन्। २००७ मा त उपविदेशमन्त्री नै नेपाल भ्रमणमा आएका थिए। गतसाल नेपाल–कोरिया सम्बन्धमो ४०औं वर्षगाँठ विशेष उत्सवका साथ नेपालमा पनि मनाइयो। दक्षिण कोरियाले नेपालको आर्थिक विकासमा निस्वार्थ सहयोग गर्दै आएको छ। सेरिकल्चर, निर्माण, जलविद्युत, सडक, पूर्वाधार, कृषि,स्वास्थ्विज्ञान, ईगभर्नेन्सलगायतका क्षेत्रमा विशेष सहयोग गर्दै आएको छ। सफ्ट लोन पनि नेपालले पाएको छ। महाभूकम्पको प्रकोप नियन्त्रण र राहतमा पनि दक्षिण कोरियाले विशेष राहत प्याकेज उपलव्ध गराएको थियो। नेपालको पुननिर्माणमा पनि दक्षिण कोरियाले विशेष आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
कोरियासँग ताजा  श्रम सम्झौता हुनलाग्यो काठमाडौं। कोरियासँग श्रम सम्झौता नविकरण गर्न श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ जाँदैछन्। उनका अनुसार कोरियासँग पनि फ्रि भिसा र निशुल्क टिकटको प्रस्ताव अघि सारेर छलफल गरिनेछ। यद्यपि सन २०१२ को २ वर्षे श्रम सम्झौताको म्याद नविकरण गर्ने काममा मन्त्री जान लागेका हुन्। उनले कामदारको कोटा बढाउन, फ्रि भिसा र टिकट कोरियामा लागू गराउन सके भने उनको ख्याती झन बढ्नेछ। कांग्रेसकै हाइटसमेत माथि उठ्नेछ।
सन २००८ मा इपीएस प्रणाली लागू गरेपछि बर्षेनी ५ देखि ७ हजारसम्म कामदारहरु कोरिया गइरहेका छन्। अहिलेसम्म ३२ हजार ५ सय कोरिया भित्रिसकेको तथ्याङ्क सार्वजनिक भएको छ160। केही अवैध रुपमा लुकेर बस्नाले नयाँ जानेलाई समस्या आएको छ।
यसैवीच दक्षिण कोरियाले कामदारको पारिश्रमिक बढाउने निर्णय गरिसकेको छ। आगामी वर्षका लागि प्रतिघ48टा ६०३० (नेरु ६३८) पारिश्रमिक बढाउन संसदमा प्रस्ताव पेश भएर पनि पास भइसकेको छ। श्रम मन्त्रालयले यो जानकारी सार्वजनिक गरिसकेको छ। स्मरणीय छ, दक्षिण कोरिायमा यतिखेर साँढे ३० लाख विदेशी कामदार काम गरिरहेका छन्।
र, दक्षिण कोरियाले श्रमनीति कडाई पनि गर्दैछ। राष्ट्रपति पार्क गुन हेले अगस्ट ५ मा श्रम सुधार नीतिको माध्यमबाट युवा बेरोजगारी कम गर्ने प्रतिवद्धता जनाएकी छिन्। आफ्नो अर्थव्यवस्था सुधारका निम्ति उनले आगामी ४ वर्ष 'बनाउ र तोड' को अवधि रहने र अर्थव्यवस्थाको सुधारका माध्यमबाट दक्षिण कोरिायको भविष्य निर्धारण गर्ने बताएकी छिन्। उनले योग्यतामा आधारितन नीतिको प्रतिस्थापन गर्ने नीतिले दक्षिण कोरियाली छोराछोरी र देशको भविष्य उज्ज्वल पार्नेसक्ने विषयमा दृढता व्यक्त गरेकी छिन्। विकास गर्न नेतृत्व यस्तै हुनुपर्छ।
यता नेपालका लागि कोरियाली राजदूत च्यो यांग जिनले आफ्नो देशको स्वतन्त्रता दिवसका उपलयमा ५० वर्षको छोटो अवधिमा आर्थिक विकासको फड्को मार्न सफल हुनुको कारण कोरियाली जनताको लगनशीलता, हामी गर्नसक्छौं भन्ने विश्वास र नेतृत्वको क्षमतायुक्त दूरदर्शीता प्रमुख रहेको बताएका छन्। नेपालका लागि कोरियाली विकासको दृढता अनुकरणीय रहेको नेपाली विद्वानहरुको मत छ। स्मरणीय छ– हालै काठमाडौंमा 'कोरिया एण्ड इकोनोमिक डेभलपमेन्ट' विषयमा ज्ञानवर्धक अन्तरक्रिया कार्यक्रम समेत भएको थियो।
कोरियाका बुद्धिष्ट महायानी सम्प्रदायले नेपालमा टेक्नोलोजी स्कूल खोल्ने निर्णय गरेका छन्। यो निकै ठूलो लगानी भित्रिएको अर्थविदहरु चर्चा गरिरहेका छन्। नेपाल बौद्ध परिवार दक्षिण कोरियाले प्रत्येक महिनाको पहिलो आइतवार धार्मिक प्रवचन, प्रार्थना र ध्यान गर्दै आएको छ। पछिल्लोपटकको कार्यक्रममा टेक्नोलोजी स्कूल खोल्ने खुलासा गरिएको हो। फपजुसा गुम्बामा रहेको बुद्धको मूर्ति ३३ मिटर अग्लो र १६० टन ओजनको स्थापना गरिएको छ। यसमा ८० किलो त सुनको लेप नै लगाइएको छ।
नेपाल–दक्षिण कोरिया  व्यापार र लगानी बृद्धि हुँदै
प्रत्येक वर्ष दक्षिण कोरियाले नेपालमा व्यापार र लगानी बढाउँदै लगेको छ। यद्यपि नेपालबाट निकासीमात्रा कमजोर छ। व्यापारको भोलुम ७४ मिलियनबाट बढ्दै गएको तथ्याङ्क देखिन्छ।
दुवै देशका सरकारले होटल, पर्यटन, उद्योग, रसायन, मिनरल्स र जनस्वास्थ्यसँग सम्बन्धित सामान उत्पादनमा समेत कोरियाका ठूला उद्यमीहरु नेपालमा लगानी गर्न आइरहेका छन्। कोरियाका प्रशिद्ध कम्पनीहरु कोरिया साउथ इष्ट पावर कम्पनी अपर त्रिशुलीमा, कोरिया हाइड्रो एण्डान्यूक्लियर पावर कम्पनी चमेलियामा र कोरिया वाटर रिसोर्सेस कर्पोरेशन अपर मोडी जलविद्युत आयोजनामा संलग्न हुनथालिसकेका छन्। यद्यपि पर्यटकका रुपमा दक्षिण कोरियाबाट नेपालको सम्पूर्ण पर्यटनको २ प्रतिशतमात्र आइरहेका छन्। यस सम्बन्धमा कोरिया दूतावासका अधिकारी भन्छन्– बढाउने प्रयत्न जारी छ। प्रवर्द्धनका लागि स्थिरता जरुरी छ। दुबै मुलुकका प्रयत्नबाट नेपाल भिजिट गर्न आउने कोरियालीहरु बढ्नेछन्।
र, जलविद्युतमा पनि कोरियाबाट लगानी भित्रिदै
दक्षिण कोरियामा बस्ने, काम गर्ने नेपालीहरुका लागि क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्ड अन्तर्गत रहेको युनीभर्सल पावर कम्पनीले ११ मेगावाटको दोलखास्थित तल्लो खारे खोला जलविद्युत आयोजनामा ८७ लाख कित्ता अग्राधिकार शेयर (प्रति शेयर १००) दिने निर्णय गरेको छ। यसबाट आवश्यक लगानी पनि जुट्ने निश्चित देखिन्छ।
दक्षिण कोरियाले ७०औं स्वतन्त्रता दिवस मनाएको छ। नेपालीका तर्फबाट दक्षिण कोरियाको उज्ज्वल भविष्यका लागि हार्दिक बधाई छ। दुबै देशको सम्बन्ध अमर रहोस्। (ब्यूरो रिपोर्ट)