Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा न्याय मरेछ

११ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ साल जेठ २४ गते माओवादीले अपहरण गरेर मा¥यो, ज्यानमारालाई कारवाही गरिपाऊँ भनेर श्रीमती गंगामाया अधिकारीसँगै आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको ३ सय ३३ दिनपछि २०७१ असोज ७ गते निधन भएको थियो ।
सरकारले ४ बुँदे सम्झौता गरेर न्याय दिलाउने प्रतिवद्धता देखाए पनि ४७ दिनसम्म न्याय नपाएपछि आमाबाबु फेरि अनसन बसेका थिए । आमा गंगामायाँ अहिले पनि अनसनमै छिन् । मृतक बाबुर नन्दप्रसाद अधिकारीको शब टिचिङ् अस्पतालको बाकस नं ४ मा बन्द गरेर अझै पनि राखेको छ । यो कस्तो सरकार होला, जो न न्याय दिनसक्छ, न शबको व्यवस्थापन नै गर्न सकिरहेको छ ।
अनेक नेता, सामाजिक अभियन्ता, नागरिक समाज, अधिकारकर्मीले पटक पटक न्याय दिलाइदिने आश्वसन दिए पनि गंगामायाले न्याय पाइनन् । आजकल उनी भन्ने गर्छिन्– यो देशमा न्याय मरिसक्यो, कसैले न्याय दिलाउन सक्दैनन् ।
लोकतन्त्रमा न्याय बाँच्नुपर्छ, न्याय पाइन्छ भन्ने विश्वास जनजनमा हुनुपर्छ । नन्दप्रसाद र गंगामायाँले न्याय नपाउँदा लोकतन्त्रमा न्याय मरेछ भनेर जो कसैले भन्नसक्छ । प्रधानमन्त्री तोक्न परमादेश दिने अदालतसमेत यो सब हेरिरहेको छ ।