Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजधानीमा धरापैधराप, जनतालाई सास्ती

११ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । महानगरको कपन क्षेत्रमा खहरे खोलाको ढलमा १२ वर्षे किशोर खसे, बेपत्ता भए, दुर्घटना बढेका छन्, जिम्मेवारी लिने कसले ?
बसपार्क क्षेत्रमा उक बालिका एकातिरको ढलमा खसेर बगिन्, अर्कोतिरबाट निस्केर बाँच्न सफल भएको धेरै समय भएको छैन । सर्वसाधारणको जीवनमाथि यतिसम्मको खेलाँची भइरहँदा पनि कानुनव्यवस्था केही पनि बोल्दैन, जिम्मेवारी कसैले लिदैनन् र पटक पटक यस्ता दुर्घटना भइरहेका छन् । सर्वसाधारणलाई घामलाग्दा पनि सास्ती, पानी दर्किदा पनि सास्ती, फोहर नउठेर पनि सास्ती, महानगरले दिनुसम्म गोता दिएर पनि सास्ती । सर्वसाधारण सहिरहेका छन्, बोल्दैनन्, बोल्नुपर्ने नागरिक समाज पनि बोल्दैन । जनताको जीवनसँग हरेक क्षेत्र खेलवाड भइरहेकै छ ।
महानगर किन महानगरजस्तो हुनसकेन ? जता पनि विकृति र बिसंगति छ, पत्रपत्रिकाले लेखेका भरमा कारवाही हुन्छ, सुधार हुन्छ भन्ने मान्यता राखिन्छ, जिम्मेवारहरू एउटा कानले सुनेर अर्को कानले उडाउँछन् ।
कसैमाथि पनि कारवाही हुनेगरेको छैन । कारवाही नहुँदा जे गरे पनि हुन्छ, कराउने कराइरहन्छन् भन्ने मनस्थिति विकास भइसकेको छ । सर्वसाधारणको दैनिकी पाइला पाइलामा जोखिमै जोखिमले भरिएको छ । कतिबेला दुर्घटना परिने हो, भन्न सकिने स्थिति छैन । कतै बीच सडकमा, कतै छेउकुनामा यस्ता ढलहरू उदाङ्दै हुन्छन्, नालीहरू धराप बनेर रहेका छन्, हेर्ने निकाय हेर्दैन, लाग्छ महानगरका सडक र नालीहरू कुनै पनि बेला हुने मृत्यु कुरेर बसेका छन् ।
सर्वसाधारणलाई सेवा दिन भनेर ७ सय ६१ सरकार निर्माण गरिएको हो । यी हरेक सरकारलाई जनताले कर तिरेर पाल्नुपरेको छ, सेवा के पाए, पाउनुपर्ने हो, कहिले विश्लेषण भएन । संविधानमा बाँच्न पाउने अधिकार सुनिश्चत गरिएको छ, यस्ता धराप र सडकको दुर्गतिका कारणले हुने घटनाल देशैभरिका नागरिकलाई पीडादायी बनाएको सबैले अनुभूति गरेका छन् । सार्वजनिक सेवा र जनप्रतिनिधिहरूमा दायित्ववोध नभएसम्म सर्वसाधारणको जीवन यसैगरी धरापमा परिरहने देखिन्छ ।