Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राप्रपामा भित्रभित्रै भूसको आगो बल्दैछ

०४ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । जति जति एकता अधिवेशन नजिकिदैछ, उति उति राप्रपाभित्र गुटबाजी बढेर जाँदो छ । स्थानीय निकायको चाँडो निर्वाचन हुने भएकाले अध्यक्ष कमल थापाले यही विषयमा पीएचडी गरेका धवल शमशेरलाई कुनै जिम्मेवारी नदिई कुन्ती शाहीलाई ६ विभाग दिएको विषयले झन विवाद झाङ्गिएको देखिन्छ ।
डा.प्रकाशचन्द्र लोहनी राप्रपाको नेतृत्व दोस्रो पुस्तालाई दिने लविङ गरिरहेका छन्, पशुपतिशमशेर जबरा नयाँ नेतृत्व भन्न थालेका छन् । तर कमल थापाको पार्टीभित्र पकड बढी भएकाले उनी नछोड्ने र जित्ने स्थितिमा देखिन्छन् ।
यता कमल थापाले छोडे पार्टीभित्र अभूतपूर्व एकता हुनेमात्र होइन, राजसंस्थावादी र हिन्दुवादी अन्य ६५ संघसंस्था, पार्टी पनि एक हुने स्थिति देखिन्छ । धवल शमशेर र राजेन्द्र लिङ्देन पार्टी नेतृत्वका लागि एक भएर प्रयास गरिरहेका छन् । उनीहरूले मुख नफोडे पनि अध्यक्ष कमल थापाले संरक्षक भएर बसे हुन्थ्यो भन्ने सूचना पठाइरहेका छन् । तर कमल थापा पुनः अध्यक्ष बन्ने तैयारी गरिरहेका देखिन्छन् ।
कमल थापाले अध्यक्षता नछाडे पहिलेजस्तै यो खेमाको भोट माओवादी, एमाले, कांग्रेसतिर जानसक्ने पहिलेजस्तै स्थिति रहने छ । त्यो अवस्थामा राप्रपाले कसरी हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र स्थापित गर्न सक्छ ?
अध्यक्ष कमल थापा राजनीतिका माहिर खेलाडी हुन् । आफ्ना पक्षमा माहोल बनाउन र पार्टीभित्र भित्रै आफूप्रति बढेको विरोध समन कसरी गर्लान्, हेर्नुछ ।
संविधान दिवसका दिन अध्यक्ष कमल थापाले भनेका छन्– हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापित गर्छौं । संविधान उत्कृष्ठ भनेको छैन, संविधानमा थुप्रै कमीकमजोरी छन् भन्दै थापाले राष्ट्रलाई दीर्घकालीन रूपमा आघात पु–याउन सक्ने प्रावधान हटाइनेछ, संविधानकै परिधिभित्रबाट राजादेखि माओवादीसम्म अटाउन सक्ने धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र कायम गर्नेतर्फ अब बहस आरम्भ गरिनुपर्छ भनेका छन् । देशी, विदेशी शक्ति एक भएर संविधान र व्यवस्था मात्र होइन, देशलाई धरापमा पार्न सक्ने खतरा रहेकोतर्फ पनि सावधान गराएका छन् ।