Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सडकमा जाने तैयारी सुरू

०४ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

काठमाडौं । माधव नेपाल, जसपा, कांग्रेस र राजमो मिलाएर ५ दलीय मोर्चा निर्माण गरेर ओलीलाई सत्ताबाहिर फाल्न सफलता हासिल गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि अस्थिर हुनपुगेका छन् । उनले संविधानका लागि फेरि सकडमा जानुपर्ने हुनसक्छ भन्ने सन्देश दिएर समर्थन खोज्दै तराई झरेका छन् ।
तराईबाट दिल्ली निकट छ, हुनसक्छ प्रचण्डले दिल्लीको समर्थन खोजेका हुन् । प्रचण्डका लागि संविधान जारी हुनुले कुनै अर्थ राखेन, ओलीको जालमा फसे, ओलीलाई फाले पनि सत्ताचाहिं कांग्रेसको हातमा पुग्यो । बाली लाउने प्रचण्ड, खाने देउवा ?
एमाले कब्जा गर्न ओलीसँग एकीकरण गर्न पुगेका प्रचण्डले न एमालेको नेतृत्व पाए, न सरकारमा नै उक्लन सके । स्थिति प्रतिकूल बन्दै गएको थियो । अहिले राजनीतिक दाउपेचले ओलीलाई फाले पनि ७० दिनभन्दा बढी भइसक्यो, सत्ताधारी प्रचण्डले मन्त्रीको सिफारिससमेत गर्न सकेनन् । हलो पहिले जहाँ अड्किएको थियो, अहिले त्यहीं अड्किन पुगेको छ । देउवा वाक्क भएर अर्ली इलेक्शनतिर जाने कि ? भनेर साथीहरूसँग सल्लाह गर्न थालिसकेछन् । प्रचण्डको अर्को रणनीति आफै प्रधानमन्त्री बनेर चुनावमा जाने हो ? सक्ने देखिदैन ।