Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतलाई हुर्मत लिन दिइरहने

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । नेपाल सार्वभौम मुलुक हो भन्ने हेक्का राख्नुपर्छ र विदेशीलाई नागरिक मार्ने छुट दिनु हुन्न । विदेशीले हुर्मत लिदै जाने र नेपालका लोक नामधारी राजनीति हेरिरहने हो भने यस्तो नेतृत्वलाई जनताले फेर्न सक्नुृपर्छ ।
सबैलाई थाहा छ, भारतले आफ्नो नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी हालिसकेको छ । नेपालको नक्सामा समावेश गरिएका ती भूभागमा शासन भारतको छ । भारतले ७२ ठाउँमा ६६ हजार हेक्टरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरिसकेको छ । २०७४ सालमा गोविन्द गौतमलाई गोली ठोकेर मार्ने भारतीय सुरक्षाकर्मीले २०७८ साउन १५ गते जयसिंह धामीलाई महाकालीमा खसालेर मा¥यो । सीमामा दमन हरेक दिन भइरहेकै छ । भारतले नेपालमाथि अमानवीयताको डिग्री बढाउँदै जाँदा पनि नेपाल किन मौन ?
अचम्म, लिम्पियाधुराको काख अर्थात डढेलधुराका शेरबहादुर देउवा प्रधानमन्त्री छन् । उनी बोल्दैनन् । आप्mनै गाउँले भाइलाई पहिले र अहिले मार्दौ उनैले १०–१० लाख राज्यकोषबाट दिएर भारतलाई अरू नेपालीलाई मारे पनि हुन्छ भन्ने खालको सन्देश दिएका छन् । त्यही भारत सशस्त्र, नेपाल प्रहरी, नेपाली सेनाको ब्यारेक माथि माथिबाट चिनियाँ क्षेत्रमा हेलिकोप्टर गस्ती गरिरहेको छ । एकपल्ट होइन, सयौंपल्ट यस्तो गरिरहेको छ भारतले । चिनियाँ दूतावासले संकेत गरिसक्दा पनि नेपाल सरकारले कानमा तेल हालेको छैन ।
यस्तो सरकार र सरकार प्रमुख लोकतान्त्रिक प्रधानमन्त्री हुनसक्छन् ?
यस्तो ५ दलीय मोर्चा अर्थात देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र र चित्रबहादुर केसी लोकतान्त्रिक कसरी र कुन अर्थमा हुन सक्छन् ?
दक्षिणतिरको १८८० किलोमिटर खुला सिमाना मिचिएको छ । देशको ठूलो भूभाग मिचिएको छ, इलामदेखि महाकालीसम्म । सीमा अध्ययन कार्यदल बनाइयो हुम्लाको नाम्खामा ।
यति घटनाक्रम बुझे स्पष्ट हुन्छ, यो ५ दलीय मोर्चाको सरकारको गन्तव्य दिल्लीदेखि वाशिङ्टनसम्मको हो ।
यिनीहरू अफगानिस्तान बुझ्दैनन्, अर्काले बोकेका नेताहरू कसरी भाग्नुपर्छ देख्दैनन् । बिनासकाले बिपरित बुद्धि भन्दा हुन्छ यिनलाई । यिनले ठानेका छन् यो अरूको आत्मघात, तिनको लाभैलाभ हो । तर यिनीहरूले परिणाममाको आँकलन गर्न सकेजस्तो लाग्दैन ।
नेपाललाई मित्र भन्ने, छिमेकी भन्नेहरूको अनुहार पनि देखियो यसपल्ट र नेपाल संक्रमणबाट संकटतिर गइरहेको छ । विपक्षमा बस्नुपर्ने बाध्यताबाट सरकार प्रमुख हुनपुगेका देउवाजस्ता ७० नाघेका नेताहरूमा किन यस्तो नैतिक बिचलन आएको होला ?
होनहार नेताहरूको सोचमा स्वाधीनताको दियो कसले बालिदेला ?