Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दुई घटना, एउटा घट्यो, अर्को घट्दैछ

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । लोकतान्त्रिक आचरण नभएको ५ दलीय मोर्चा सरकारले देशको स्वाधीनता र नागरिकको जीवनसँग कसरी खेलबाड गरिरहेछ भन्ने दुई घटना घटित हुँदैछ । एउटा घटिसक्यो, अर्को भोलिदेखि सुरू हुने संसदमा घट्नेवाला छ ।
एक– विदेशीले स्वदेशी नागरिकको हत्या गर्दा आक्रोश हुन्छ, जूठो लाग्छ । जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले महाकालीमा खसालेर मारिदियो । यति भयानक अमानवीय घटना किन घट्यो, कसरी स्वाधीनता बचाउने भन्ने बेलामा भारतका प्रधानमन्त्रीले सन्देशसहित विजय चौथाईवाललाई नेपाल पठाए । कसैले महाकाली घटनाको कुरा उठाएनन् । अझ प्रधानमन्त्री निवासमै देउवाकी श्रीमती आरजु देउवाले त भारतीय प्रतिनिधिलाई भाई बनाएर राखी बाँधिन् । भोज खुवाइन् ।
दोस्रो– अघिल्लो दिन अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएर एमाले र जसपा फोड्यो सरकारले । विश्लेषकहरू भन्छन्– संसदबाट होइन, सर्वोच्चले बनाइदिएको यो भारत र पश्चिमाका लागि कम्फर्टेबल सरकारको रूपमा चिनियो ।
यही सरकारको सिफारिसमा भदौ २३ गते संसदको अधिवेशन आह्वान गरिएको छ । आफूलाई लोकतान्त्रिक भन्ने ५ दलीय मोर्चाको अर्को तमासा सुरू हुँदैछ । यो अधिवेशनको मुख्य एजेण्डा एमसीसी पारित गर्ने भयो भने आश्चर्य नमाने हुन्छ । किनकि सत्तापक्ष र विपक्ष सबैको एकमतो बन्दै गएको छ, एमसीसी पारित भयो भने त्यसलाई लोकतन्त्रको विजयका रूपमा प्रचार गरिनेछ । यो सबै घटनाक्रमलाई नियाली रहेको चीनलाई सीमा विवादमा तान्न खोजिएकाले कसकसलाई धुलोपिठो पार्ने हो, त्यतातिर कसैको ध्यान छैन ।