Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिन्दुराष्ट्र र राजतन्त्र ल्याउन रगतको शपथ

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

भदौ १४ गते । पत्रकार देवप्रकाश त्रिपाठीको नेतृत्वमा ‘एकीकृत शक्ति नेपाल’ पार्टी घोषणा गरिएको छ । हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापना गर्ने उद्देश्यसहित गठित यो पार्टीका नेतृत्वमा रहेकाहरूले रगतको शपथ खाएका छन् । रगतको शपथ खाने यो पार्टी नै नेपालको पहिलो पार्टी पनि हो । यो पार्टीका अनुसार हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डा रहने छ ।
नयाँ पार्टीको आवश्यकता किन ? भन्ने प्रश्नमा त्रिपाठीले भनेका छन्– राजनीतिमा राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरूको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको कारण नयाँ शक्ति पार्टी घोषणा गरिएको हो ।
यो शक्तिको मूल नीतिमा जनता, राजसंस्था र राजनीतिक दलहरूबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको छ । संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने र शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्छ, यसैका लागि नयाँ शक्ति पार्टी गठन गरिएको भनियो । राजसंस्था र हिन्दुराष्ट्रको अस्तित्व स्वीकार गराउन पार्टी स्थापना गरिएको हो । अहिले भएका पार्टीले बोकेका एजेण्डा विदेशीका लागि हो, नयाँ शक्तिले बोकेको एजेण्डा देशका लागि भन्ने दावी छ यो नयाँ पार्टीको ।
संयुक्त आन्दोलन मोर्चा ः शुक्रवार होटल यलो पगोडामा जम्मा भएका २३ संघसंस्थाका प्रतिनिधिहरूले संयुक्त आन्दोलन मोर्चा बनाएका छन् । यो मोर्चाले असोज ३ गते हिन्दुराष्ट्र र राजसंस्थाका माग गर्दै सडक संघर्ष गर्ने निर्णय गरेको छ । यति धेरै संस्थाको बैठकमा सिमित संख्याको उपस्थिति थियो ।