Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गद्धारहरुले दिएको दुःख कति कति

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

राजन कार्की- - - 
गद्धारहरूले कोतरेको स्वाधीनताको घाउमा दलिएको नुनचुक पूर्वराजा ज्ञानेन्द्र र देशको स्वाधीनतालाई भन्दा बढी अरू कसलाई चह¥याएको होला ?
देवता र दानवको युगमा गद्धारका कारणले ठूलाठूला राष्ट्र र महारथीहरू ढलेका छन् । गद्धारीको एक बँुद विषले राष्ट्रको जरा–जरा विषाक्त हुन्छ, मर्ने गर्छ । अक्सर गद्धारहरू शक्तिको छेउछाउ पुग्छन् र मुखका मह, कोखाका दाँत उध्याउँछन् । तिनको लोलोपोतोमा बहकने, तिनलाई विश्वास गर्ने र तिनीहरूमाथि छड्के जाँच गरेर सतर्क नहुने नेता, शासक र राज्यसंरचना जहिले पनि असफल भएका छन् र पर्दापछाडिका अभिष्टहरू सफल भइरहेका छन् । राजतन्त्र पछिल्लो लोकतन्त्र ताजा दृष्टान्त हो ।
गद्धारहरूका इतिबृतान्त धेरै लामो छ । जी. एस. गिदवानीले टिपुसुल्तान उपन्यास लेखेर गद्धारहरूको सोच, शैली र कर्तुतको उल्लेख गरेका छन् । हिन्दुस्तान फिरङ्गीको हातमा जानुहुन्न भन्ने अडानका धनी सुल्तानविरूद्ध अंग्रेजले गद्धारहरूको सिर्जना र प्रयोग ग¥यो । 
चलाख अंग्रेज सरकारका जनरल लरेन्स थिए । उनले शेख हयासजस्ता सुराकी तैयार गरेर गोप्य–गोप्य सुचनाहरू लिन थाले । फलतः त्यतिबेलाको मैसुरका महत्वपुर्ण किल्लाहरूमा बृटिस कव्जा हुनगयो । पछि शेख हयासले इनाम माग्यो । लरेन्सले शेख हयासलाई गधामा उल्टो चढाएर डोरीले पाता फर्काए, मुखमा कालोमोसो दलिदिए ।
शेख हयासले अनुनय ग¥यो– त्यत्रो सहयोग गरें, यत्रो अन्याय किन ?
लरेन्सले दुत्कार्दै भने– तँ गद्धार होस् । तैले आफ्नै सुल्तानलाई धोका दिइस्, मौका प¥यो भने मलाई पनि धोका दिन्छस् । गद्धारको संस्कार, धर्म हुन्न, सिध्दान्त र चरित्र पनि हुन्न । गद्धारले पाउने इनाम यही हो भन्दै सय चाबुक लगाएर जङ्गलमा लखेटिदिए ।
हैदर अलीका उत्तराधिकारी टिपु सुल्तानलाई मीर खानले मार्न लगाए । त्यतिबेला लर्ड कर्नवालिसले गद्धारको प्रयोगद्वारा घेराबन्दीमा पारेर टिपु सुल्तानलाई सिध्याएका थिए ।
यो घटना तत्कालीन मैसुर राज्यको भए पनि आजको नेपालको घटनाक्रमसँग मेल खान्छ । राजा–महाराजाहरूको इतिहास नै गद्धारहरूले सिध्याएको इतिहास हो ।
हिटलरले भनेका थिए– हजारौंको भीडसँग मलाई मतलव छैन । ऐनमौकामा निर्णय लिनसक्ने, एक सक्षम व्यक्तिको आवश्यक छ । खतरनाक गद्धार सिध्याउन पनि त्यत्तिकै आवश्यक छ । हिटलरको यो बयान त्यसै आएको थिएन ।
नेपाल एकीकरणका नायक श्री ५ पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि बिजय प्राप्त गर्न 
कीर्तिपुरका एक मन्त्रीलाई हात लिएका थिए । कीर्तिपुर विजय गरेपछि ती मन्त्रीलाई बाँसको लिङ्गोमा झुण्ड्याएर देशप्रति गद्धारी गर्नेलाई सजाय दिएको इतिहासका विद्यार्थीहरू बताउँछन् ।
वर्तमान नेपालमा गद्धारहरू यतिबिघ्न सलबलाएका छन् कि यो देख्ने बुझ्नेहरू आत्तिन थालेका छन् । जनताले, देशभक्तहरूले गद्धार चिन्न जरूरी छ ।
शक्तिका छेउछाउमा बसेर सत्ताको डकार लिने गद्धारहरूले देशलाई धोवीले लुगा पछारेझैं पछारेको अवस्थामा पुर्याइसके । राजनीतिको यो कालखण्ड गद्धारमय भएको छ । यो सन्दर्भमा यतिमात्र भनौं– गद्धारका कारणले माटो संकटमा छ ।
बिगतका दुई उदाहरण जानौं–
हिजो, भारतले सिक्किम चपाउन महारानी होप र लेण्डुप दोर्जीको प्रयोग गरेको थियो । लेण्डुपको कांग्रेस पार्टीले देशलाई संसदबाटै भारतमा बिलयन हुने प्रस्ताव पारित गराएका थिए । लेण्डुप बाँचुञ्जेल कलकत्ताको सडकमा भौंतारिन पुगे । उनलाई देख्नेहरूले उनीमाथि थुइक्क भनेर थुके । माटोमाथि गद्धारी गर्ने लेण्डुपले मर्दा मलामीसम्म पाएनन् । 
गद्धार चाकरीदारहरूकै कारणले नेपालको राजतन्त्र सकियो ।
गद्धारीकै जगबाट लोकतन्त्र आयो । गद्धारहरूको हालीमुहाली चलेको छ । यो तन्त्रमा झन धेरै गद्धारहरूको बिगबिगी बढेको देखिन्छ । गद्धारहरू सडकदेखि सत्तासम्म, पार्टीदेखि नागरिकसमाजसम्म व्याप्त छन् । धेरै नेताको मुहारमा विदेशी एजेण्टको छाप भेटिन्छ । नेपालको राष्ट्रियता कमजोर हुनुमा ठूला गद्धार सत्तासीन र अग्ला नेताहरू नै हुन् । यिनले टनकपुर, महाकाली सन्धि, जनयुद्ध, जनआन्दोलन, संविधानसभा, नागरिकता वितरण, शासन, प्रशासन, सीमा, संविधान, सरकार, न्याय, समानता कहाँ धोका दिएनन् ? यस्तो जनविरोधी राजनीति नेपालको दुर्भाग्य हो ।
आश्चर्यपुर्ण परिदृश्य त के देखिन्छ भने एक नेता अर्कोलाई गद्धार, विदेशीको कठपुतली देख्छ । 
बेलायतको इतिहासमा रगतको होली खेलेर सिंहासनमा बिराजमान हुने राजा रिचार्ड तेस्रा हुन् । युध्दमैदानमा एकदिन उनी शत्रुको घेरामा परे । उनी कुनै हालतमा पनि युद्ध हार्नेवाला थिएनन् । उनले रणभुमिमा भनेका थिए– म हजारौं बिरोधीबाट हार खान्न । मेरा सेनाको शक्ति पनि कमजोर छैन । तर कुन गद्धारले गर्दा म घेरामा परें । म मारिनु पर्ने स्थिति छ, तैपनि मलाई एउटा घोडा चाहिएको छ । म त्यो गद्धारको खोजी गर्छु । मलाई दुश्मनको पीर छैन । म त्यो घोडा चढेर गद्धार खोज्न जान्छु । त्यसलाई सिध्याउँछु । गद्धारलाई मार्ने अवशर देउ, त्यसपछि मलाई टुक्रा टुक्रा पार, म ऐयासम्म पनि भन्नेछैन ।
शेक्सपियरको एक कथामा सिजरलाई जसरी उनकै विश्वासपात्र ब्रुटसले धोका दिएर मारे । राजा ज्ञानेन्द्रलाई उनकै विश्वासपात्रहरूले उफारेर पाहा पछारेझैं पछारे । 
ताजा उदाहरण अफगानिस्तान बनेको छ । जनताले भोट दिएर जिताएका राष्ट्रपति नेता रातारात शरणार्थी बनेर भागे । राष्ट्र मजबुत भएन भने के हाल बेहोर्नुपर्ने रहेछ, अफगानिस्तानबाट सिक्नु जरूरी छ ।
हामीले आफ्नै ताकतले पद्धति बसाल्नुपर्छ, राष्ट्र सवल बनाउनु पर्छ । आत्मनिर्भर हुनैपर्छ, अन्यथा बन्दव्यापार, सम्पत्ति मुल्यहीन हुनेछन् । अर्काले धाप मारिदियो भनेर उफ्रनुको कुनै अर्थ छैन । सक्षमता, निर्णय गर्ने क्षमता आफैमा हुनुपर्छ । अर्काको भरमा उभिनु भनेको टेको लगाएको घरजस्तै हो, टेको निस्क्यो कि गर्लम्मै ढल्छ । यसकारण नागरिकले सोच्नुपर्ने विषय भनेको पद्धति, सरकार, नीति, नेता हुन् । अन्यथा जसरी अमेरिका फर्कनासाथ अफगानिस्तानमा जे देखियो, नागरिक हवाईजहाजमा झुण्डिएर भाग्नुपर्ने अवस्थामा पुगे, कति किचिएर थिचिएर भोकै मरे । विदेशभक्त नेता कि त झुकेर सन्धि गर्छन् कि विदेश भाग्छन् । 
हामीले सोच्नैपर्ने र सिक्नैपर्ने पाठ हो वर्तमानको अफगानिस्तान । देश बाँचे नागरिक बाँच्ने रहेछन् ।
०००
जनतामाथि अन्याय र असमानताको अन्धकार, अपराधी र अराजकता नेपालको दीर्घरोग हो । लोक सत्तामा उक्लने भ¥याङ्मात्र साबित भए ।
१७८९ मा फ्रान्स राज्यक्रान्ति भएपछि निरङ्कुश राजतन्त्र ढालियो तर परिवर्तन गरिखाने बर्गका लागि आएन । परिवर्तन पुनः सामन्त बर्गको हातमा पुग्यो । जनता अभागी सावित भए । त्यतिबेला गरिखाने बर्गका नेता थिए– जोन पल मारा । उनले भने– क्रान्ति गरिखाने बर्गले सफल पार्छन्, क्रान्ति सफल भएपछि निर्लज्ज धनाध्यहरू जनतालाई भीड भन्ने गर्छन् ।
१५ वर्षदेखि १७८९ को फ्रान्सको जस्तो स्थिति नेपालमा देखिन थालेको छ । स्वतन्त्रता र अवसर उच्चबर्गले उपभोग गर्न थालेका छन् ।
०००
जनता ००७, ०१७, ०३६, ०४६ सालजस्तै फेरि ठगिन पुगेका छन् । आफ्नो लोकतान्त्रिक भविष्य लुटिदा, मारिदा पनि मुकदर्शकमात्रै बनिरहेका छन् । सोझा जनतालाई मलामी बनेर अभिशप्त बनाउने बाध्यतन्त्रलाई कसरी लोकतन्त्र भन्नु ?
इराकमा बुशले सद्दाम हुसेन पैदा गरे र उसलाई अधिनायकबादी बनाए । अन्तमा सद्दामलाई झुण्ड्याएर मार्नमा पनि अमेरिका नै अघिस¥यो । बीन लादेन अमेरिकाकै मानसपुत्र थियो, बीन लादेनलाई अमेरिकाले नै मा¥यो । अफगानिस्तानबाट २० वर्षपछि ठूलो क्षतिका साथ फक्र्यो, सायद अन्तर्राष्ट्रिय कुटनीतिभित्रको मुनाफाखोरी राजनीति भनेको यही हो ।
अमेरिकाको आँखा अब तिब्बततिर छ । अमेरिकाका लागि नयाँ अनुहारका सद्दामहरू देखिन थालेका छन् । कुटनीतिज्ञहरूले दुतावासबाट राजनीति गर्न थालेपछि आत्मबल कमजोर भएका नेताहरूको निर्णय क्षमतामा ह्रास आइरहेको छ । यस दृष्टिबाट हेर्ने हो भने लोकतन्त्रका नायकहरू जारजस्ता छन् । यिनीहरू देशलाई धोखा दिइरहेका छन् । नेतृत्व मान्छे कि छायाँ ?
हो चि मिन्ह भन्थे– इमान्दारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले संघर्ष गर्छ र डरछेरूवाले घुँडा टेक्छ ।
९० सालको भुकम्पले टुडिखेल फाट्यो । तलको माटो माथि र माथिको माटो तल पुग्यो । धरहरा ठनक्कै भाँचियो । २०७२ सालको भुकम्पले पनि प्रलय नै ल्यायो । यस्तैगरी जनक्रान्ति नभएसम्म नेपालको यो अन्धकारमय आदिमकाल सुध्रनेवाला छैन । उज्यालो जीवन हो । नेपाली किन भद्रो हेरेर बसेका छन्, नेपालीले उज्यालो खोज्ने कहिले ? भारत बुझेका लोकराज बरालले समेत भनेका छन्–ं लोकतन्त्रलाई कहिलेसम्म भाँडभैलो बनाउने ?
आशा गर्न कालो बादलमा चाँदीको घेरा त देखिनुपर्छ, त्यो पनि देखिदैन ।
लोकतन्त्र आएर के भो ? जब लोक ढुङ्गे युगमा बाँच्नु पर्छ भने । कल्पबृक्ष भनेको पद्धति विषबृक्ष हुन्छ भने ।
लोकतन्त्रको चिनारी भनेकै कलम हो । कलम बलियो हुन सकेन । यस्तो चरम असभ्यता लोकतन्त्र हुनसक्दैन । निकुञ्जका वन्यजन्तु र लोकतन्त्रमा कलम दुबै संकटमा छन् । राजनीतिको यो अपराधीक कलाले राष्ट्रलाई अराजक साम्राज्य बनाइरहेको छ । 
अपराधका सामु नतमस्तक कानुनव्यवस्थाले अपराधीलाई बलियो बनाइरहेको छ । कानुन धुरू–धुरू रोईरहेको यो दृश्यले बिधिको शासनको दोहोलो काढिरहेको छ । 
०००
नेपाल अधिराज्यको गठन सन् १७६८ मा भएको मानिन्छ भने इन्डिया नेपालभन्दा १७९ वर्षपछि सन् १९४७ मा स्थापित भएको हो ।
यो भारत नेपाललाई छोटे भाइ भन्छ । मोटो हुनु ठुल्दाइ हुनु हो ?
नक्सा छापेरमात्र देश बन्दैन । भुगोलमा नेतृत्व हुनुपर्छ, सरकार रहनुपर्छ । जनताले पत्याउनुपर्छ । विश्वका हरेक राष्ट्रको सुरक्षा सेनाले गरेको हुन्छ, नेपालको सीमाको रक्षक, सुरक्षक को हो ? यहाँसम्म कि शिक्षाको कुनै पनि तहमा नेपालको नक्सा पढाइन्न, नेपालको यकिन क्षेत्रफलसमेत पाइन्न ।
कुनै पनि दुईदेशबीच नियमन नभएको खुला सीमा हुँदैन, नेपालको १८८० किलोमिटर  सीमा नियमनबिनाको खुला छ । नेपाल कस्तो देश हो ? सेना छ, संविधानमा सिमित छ । संविधान सेना परिचालन नै गर्दैन ।
दार्जीलिङ् भारतको हो । गोरखा राष्ट्रिय मुक्ति मोर्चाका नेता सुवास घिसिङ्लाई २००१ अर्थात २० वर्ष अघि भेट्दा भन्थे– सन् १९५० जुलाई ३१ तारिखमा भएको नेपाल–इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सन्धि रद्द भइसक्यो, मेचीदेखि पुर्वको दार्जिलिङ र सिक्किममा नेपालको हक छ । यो भुभाग इन्डियामा मिसिन सक्तैनथ्यो । Yugal Lepcha ले लेखेका छन्–  Why you are limiting your history to Nepal's invasion of parts of Sikkim which included Darjeeling. Why dont you go beyond that time. If you want history, it should be complete one and not according to your convenience and from the period of your choosing.
    जङ्गबहादुर राणाले सन १८६० मा अङ्ग्रेजविरूद्धको सिपाही विद्रोह दबाउन आफै अग्रसर भएर सहयोग गरेबापत सुगौली सन्धिमा नेपालले गुमाएको राप्ती नदीदेखि महाकाली नदीसम्मको तराई भुभाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) ब्रिटिशहरूबाट फिर्ता लिएका थिए । जङ्गबहादुर सधैं निरङ्कुश भनिए, जबकि राष्ट्रिय विभुतिको उपाधि यिनलाई मान्नुपथ्र्यो ।
    नेपालीले १९५० जुलाई ३१ मा सन्धि गरेर सुगौलीसन्धिलगायत सबै सन्धि रद्द भएको कहिले सम्झिएनन् । सधैं भारतसँग डराएर बसेका बाँचेका छन् । मानौं भारत मालिक हो, नेपाली आफ्नै भुमिमा हली ।
    जबकि नेपाल प्रमाणका आधारमा आज पनि ग्रेटर नेपाल हो । ग्रेटर नेपालका प्रणेता बहादुर शाह थिए । हामीले कहिले बहादुर शाहको अनुयायी भएनौं । राष्ट्रियता पढेनौं । हुन त हामी पक्का र सच्चा नेपाली पनि बन्न सकिरहेका छैनौं, त्यसैले त हामीलाई पुतली खेलौना बनाउनेहरु सक्रिय छन् ।
(आउँदो पुस्तकको एक अश)