Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जाग्ने कि असरफ झैं भाग्ने ?

१४ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

राजा जहिर शाह विदेश भ्रमण गउका बेला कु गरियो र रूसले समाजवाद दियो । मौका पाउनासाथ अमेरिकाले लोकतन्त्र निर्यात गरिदियो । असरफ घानी मेड इन अमेरिका हुन् । राजा जहिर शाह स्वदेश फर्केर आफ्नै माटोमा मृत्यु बरण गरे तर विदेशी उलिनकाठ चढेकाहरू देश छाडेर भागेका छन् । यसकारण प्रश्न उठ्यो– राष्ट्रियताका लागि जाग्ने कि अफगानिस्तानका राष्ट्रपति असरफ घानीझैं भाग्ने ?
बढ्दो संक्रमण, विश्वशक्ति राष्ट्रहरूको स्वार्थपूर्ण चलखेल र नेपाली नेताहरूको दयालाग्दो प्रवृत्ति देख्ने अनुभवीहरू यस्तै प्रश्न गर्न थालेका छन् । चुनाव जितेरमात्र सुरक्षा नहुने रहेछ, ताजा दृष्टान्त हो अफगानिस्तानको । काठमाडौं काबुल नबन्दै राष्ट्रियतासहितको लोकतान्त्रिक प्रणालीमा विचार गरौं ।
सिक्किमका निर्वाचित सरकार प्रमुख लेण्डुप दोर्जीले १९७५ मा संसदबाटै देश भारतको जिम्मा लगाइदिए । अफगानिस्तानका निर्वाचित राष्ट्रपति असरफ घानीले देशै छोडेर भाग्नुप¥यो ।
यसकारण लोकतन्त्रमात्र भएर हुन्न, लोकतन्त्रको मुटु हो राष्ट्रियता । राष्ट्रियता नभएको लोकतन्त्रले देश बचाउँदैन ।
२०३७ सालको जनमत संग्रहमा वीपी कोइरालाले किन हार स्वीकार गरेर वक्तव्य दिए । किन वीपी कोइरालाले राजतन्त्र र प्रजातन्त्रलाई अलग गरेर हेरेनन् ? जीवनभर दुःख दिएको राजतन्त्रको घाँटी र घाँटी जोडेर हेरे । २०३३ सालमा मेलमिलाप नीति लिएर स्वदेश फर्केपछिको वीपीको व्यक्तित्व राजनेताको थियो । यसकारण वीपी अमर छन् । वीपीले २०४६ सालको दलमाथिको प्रतिवन्ध फुकुवा हेर्न भोग्न पाएनन्, तर वीपीको सपना साकार भयो ।
२०४६ पछि वीपी थिएनन्, त्यसैले प्रजातन्त्र भ्रष्टाचारतन्त्रको कालरात्रि हुनपुगेको हो । यही कालरात्रिकालमा जनयुद्ध जन्म्यो र जनयुद्धले १७ हजारको ज्यान लियो, चेतना पनि फैलायो । तर, शान्तिको कामना गर्ने नेपालीले राजनीतिका अनेक घटनाक्रमलाई सहनुप¥यो । यहाँसम्म कि आफैले दिएको सुझावसमेत संविधानमा समावेश गरिएन, त्यो पनि सहनु प¥यो । हिन्दुधर्म फालिएको घटनालाई पनि सहनुप¥यो र्।  नेताहरूमा हिम्मत बढ्दै गयो र देशैलाई भ्रष्टाचारमय बनाइदिएका छन् । दण्डहीन दृष्टान्तहरू गाउँ, सहरदेखि बेपत्ता, मेलमिलाप आयोगसम्म छरिएका छन् । लोक व्यवस्थालाई व्यवस्थापकहरूले व्यवस्थापन गर्न सकेनन्् ।
विदेशीले अफगानिस्तानलाई युद्धभूमि बनाए, अफगानी जनताहरू ज्यान बचाएर शरणार्थी बन्न आतुर देखिएका छन्, नेताहरू भाग्नुप¥यो, त्यो देखेर हाम्रा नेताहरू जाग्नुपर्छ । सिक्किम र अफगानिस्तानका घटनाबाट सिक्नुपर्छ र राष्ट्रियताप्रति जागरूक हुनुपर्छ, जागरण अभियानमा लाग्नुपर्छ । आ–आफ्ना दलभित्र, दलका घोषणापत्रमा राष्ट्रियताको मुटु जोड्नुपर्छ । लोकतन्त्र मात्र भएर साँढे ३ लाखको संख्यामा रहेका बायु र स्थल सेनाले पनि चुनाव जितेका प्लान्टेड सत्ताधारीलाई बचाउन नसक्ने रहेछन् । ८० हजारको तालिवानीले सिङ्गो अफगानिस्तानको सत्ता कब्जा गरिसके ।
सत्ता त नेपालमा पनि कब्जा गरिएकै हो । लोकतान्त्रिक भनिएका नेता र पार्टीहरूमा राष्ट्रियता नभएका कारण खोक्रो र बोक्रो लाग्छन् । चेतना भया ।
के गर्दै होलान् ?
अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि नेपालमा पनि राष्ट्रियताको चर्चा चुलिएको छ । नेपालका राजा म यहीँ जन्मे, यहीँ बस्छु भनेर आमाको सेवा गरेर बसेका छन् । नेपाल आमाको सेवा गर्नुपर्ने विषयमा पनि जनजनमा उत्सुकता र आतुरपन देखिन्छ ।
भूकम्प, कोरोनाको महामारीले ग्रस्त भएर पनि पूर्वराजाको भूमिकालाई पर पर धकेलेको हो । राजनीतिमा नीति, निष्ठा, सिद्धान्त र नैतिकतामा ह्रास आउन थालेपछि र हरेक पार्टीको अनुहार फरक फरक, अराष्ट्रिय बानीबेहोरा एउटै देखिन थालेपछि नागरिक समुदायमा राजनीतिप्रति नैराश्यता बढेको छ । यसकारण प्रश्न उठेको हो– पूर्वराजा के गर्दै होलान् ?
भारतलाई ज्यानमार्ने लाइसेन्स
काठमाडौं । जनताले प्रतिपक्षमा बस्न आदेश दिए, कांग्रेस सत्ताको नेतृत्व गर्न पुगेको छ । चुनाव गराउने यिनै देउवा थिए, त्यतिबेला गोविन्द गौतमलाई भारतले मा¥यो, यिनले जनताको करको १० लाख दिएर भारतलाई माफी दिए । अहिले पुनः प्रधानमन्त्री छन्, भारतले जयसिंह धामीलाई महाकालीमा मारिदियो, यिनले जनताकै करको १० लाख राहत दिएर भारतलाई आममाफी दिए । यो सब देखिरहेको छ राष्ट्रिय मानवाधिकारआयोग, नागरिक समाज र हरेक दलभित्रका युवाहरू । तर कसैले पनि नागरिक मारिएकोमा दलभित्र र सडकमा आपत्ति जनाएनन्, सरकारलाई हाइसन्चो हुनपुग्यो । यही हो लोकतन्त्र ? लोकतन्त्रको काम लोक मार्ने विदेशीलाई बचाउने हुनथाल्यो ।
देउवा नेपालका प्रधानमन्त्री कि भारतीय ज्यादतिका समर्थक ? भारतलाई नेपालीको ज्यान लिने लाइसेन्स दिने अधिकार नेपालकै प्रधानमन्त्रीलाई कसले दियो ? सत्तासीन नेताको गैरजिम्मेवारीका कारणले गैरन्यायिक हत्या बढेको छ । नेपालमा न्याय मरेकै हो त ? स्थिति गम्भीर बन्दै गएको अनुभूत हुन्छ ।