Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निधिले हाने हिन्दुराष्ट्रको तुरुप

१४ सोमबार , भाद्र २०७८५ बर्ष अगाडि

काठमाडौं । आधाभन्दा बढी अर्थात् ८ सय महासमिति सदस्यले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेर बुझाउँदासमेत बेवास्ता गर्ने सभापति शेरबहादुर देउवालाई निधिले सुरूमै तुरूपको एक्का ठोकेका छन् ।
निधि भन्छन्– धर्मनिरपेक्षता हुन्न, हिन्दुराष्ट्र अथवा धार्मिक स्वतन्त्रता ।
नेपालीले खोजेको आधार यही हो । धर्मनिरपेक्षताको भारी बिसाउनै पर्छ, निधिले महाधिवेशनमात्र होइन, आगामी चुनावका लागि समेत आफूलाई सुरक्षित राख्ने तीर हाने । उनी अडिए भने नेपाली कांग्रेसको बुहमतलाई कम्युनिष्ट समाजवादले रोक्न सक्नेछैन ।
निधिले धर्मनिरपेक्षताको रङ् धोए । उनी हिन्दुराष्ट्र र वीपीको लाइनमा आफूलाई उभ्याउन सफल भए । देउवाका सारथीका रूपमा रहेका निधिले देउवाभन्दा धेरै माथि उठ्ने, पार्टीलाई साझा भावनामा उठाउने प्रयास गरे । निधिले अभिव्यक्ति दिंदा हिन्दु र बौद्ध गुरूहरूको आशीर्वाद लिएर आएको घोषणा गरेका थिए ।
अचम्म देखियो– धर्मनिरपेक्षतावादी कांग्रेसलाई सही मार्गमा ल्याउन निधिले आफ्नो सम्पर्क कार्यालयको पूजामा जानकी मन्दिरका महन्थ तपेश्वर दाससहित पशुपतिनाथ, दक्षिणकाली, सूर्यविनायक, डोलेश्वर महादेव, पञ्चमहालक्ष्मी, बंगलामुखी, मुस्लिम धर्म मौलानालगायत मन्दिरका पूजारी सहभागी देखिए ।
निधिले सबै धर्मको सम्मान कांग्रेसको एजेण्डा भन्न छुटाएनन् ।
हिन्दुधर्मले एउटा सक्षम अभियन्तामात्र पाएन, राजनीतिक रूपमा हिन्दुधर्मको रक्षा र सुरक्षा गर्ने एकजना धर्मभिरू व्यक्तित्व पनि पाएको छ । उनले सभापतिमा जिते भने कांगे्रस हिन्दुराष्ट्रको नारासहित चुनावमा जानसक्ने वातावरण बन्नेछ ।