Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदीको सन्देश के आयो, के लिएर गए ?

१४ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । चौथाइवालेमार्फत मोदीले दिन खोजेका के होलान् ?
नरेन्द्र मोदीजस्ता पका नेताले त्यसै आफ्ना विशेष प्रतिनिधि पठाए होलान् भनेर मान्न सकिदैन । केपी ओली सरकारको अन्तिम बेलासम्म पनि मोदी ओली सरकार बचाउन लागेको बताइदै थियो तर अमेरिका सक्रिय भएपछि मोदी पछि हटेको चर्चा बाक्लै थियो ।
त्यसपछि एमालेका माधव समूहले प्रचण्डसँग मिलेर जसपा र राजमोसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका हुन् । मुद्दा अदालत पुग्यो र अदालतले लोकतान्त्रिक पद्धतिको मर्यादाबाहिर गएर देउवाको नामै किटान गरेर प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आदेशमात्र दिएन, संसद अधिवेशन बोलाउन समेत आदेश दियो । जनादेशले प्रतिपक्षी बन्न आदेश दिए पनि अदालतको आदेशबाट प्रधानमन्त्री बने देउवा । संसद बोलाइयो, कुनै बिजिनेस दिइएन र हठात् अधिवेशनको अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याइयो र एमालेबाट माधव नेपाल र जसपाबाट महन्थ ठाकुरलाई नयाँ पार्टी दर्ता गर्ने बाटो खोलियो ।
यो नयाँ पार्टीका लागि बाटो भन्दा पनि देउवाको प्रधामन्त्रीत्वलाई डेढवर्ष लम्ब्याउने राजमार्ग थियो । यसपछि हठात मोदीका प्रतिनिधि नेपाल आए । उनले के सन्देश ल्याए कसैलाई पनि थाहा छैन ।
फस्ट लेडी अर्थात आरजु देउवाले मोदीका प्रतिनिधि चौथाइवालालाई रक्षा बन्धनका दिन राखी बाँधिन् । राजनीतिक बृत्तमा चर्चा बाक्लै छ, आरजुले मोदीका तर्फबाट विशेष दक्षिना पाएकी छिन् । यो दक्षिनाले देउवाको सत्ता कति टिकाउँला ?