Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वाभिमान जगाउन हिन्दुराष्ट्र जागरण

०७ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले आफै नेतृत्व लिएर ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् ।
भदौ ४ गते देखि सुरु भएको कटवालको फिरीले कति हिन्दुको सुसुप्त स्वाभिमान जाग्ने हो, त्यो हेर्नुपर्नेछ । किनकि १४ वर्ष भइसक्यो हिन्दुत्वमाथि प्रहार गरिएको, २०७२ सालको संविधानमा त धर्मनिरपेक्षता नै लेखियो, तैपनि ९५ प्रतिशत ॐकार परिवार हिन्दुत्वको लागि उठेको देखिएन ।
अब पूर्व प्रधानसेनापति कटवालले व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान जगाउन सक्लान् कि नसक्लान् ?
यो अभियानको केन्द्र ललितपुरको एकान्तकुनामा राखिएको छ र त्यही केन्द्रबाट भदौ ४ गते कटवालले फिरी लगाए– हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको मुख्य उद्देश्य हो । यो अभियानमा अभियन्ता बनेका छन्– देवेश झा, गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्द, शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्य र हिन्दू स्वयंसेवक संघ नेपालका कल्याण कुमार तिम्सिना । यी सबै अभियन्ताहरुले त्यस अवसरमा बताएका छन्– हिन्दु धर्म जागरण अभियान सांस्कृतिक अभियान हो ।
गरीब नेपालीलाई पुस्तकसँग बाइबल, चामलसँगै ‘विश्वासी साहित्य’, मर्दापर्दा र काम गरीखान पैसासँग धर्मपरिवर्तन भइरहेको समाचार बेलायतको गार्जियनमा छापियो, विश्वभरि आर्थिक प्रलोभनमा धर्मपरिवर्तनको भइरहेका समाचार आए तर हिन्दु धर्मभिरुहरु अझै जागरण अभियान सुरु गर्ने फिरी लगाउँदै छन् ।