Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पुँजीवादी र सर्वहारावादीको समाजवाद !

०७ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

काठमाडौं । काठमाडौं । प्रचण्ड, माधव र उपेन्द्र यादवले समाजवादी केन्द्र बनाउन गरेको पहलमा डा.बाबुराम भट्टराईले समेत सहमति जनाएका छन् । यो ‘समाजवादी केन्द्र’ आगामी चुनावका लागि मिलेर अघि बढ्ने रणनीति देखिन्छ । यो बृहद एकता सम्भव भयो भने केपी ओलीलाई ‘जोल्ट’ दिनका लागि प्रचण्डले अघि सारेको ब्रम्हास्त्र मानिएको छ । प्रचण्ड त नेपाली कांग्रेससँग मिलेर चुनावमा जान प्रस्ताव गरिरहेका छन् ।
कांग्रेस गणतन्त्र कार्यान्वयनदेखि नै प्रचण्डबाट धोखा खाँदै आएको छ । अहिले प्रचण्डकै पहल र माधव नेपालको समर्थनमा प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवा चुक्लान् जस्तो देखिदैन । २० प्रतिशतले पार्टी फुटाउन सकिने अध्यादेश ल्याएर माधव र महन्थलाई सहज बनाइदिए पनि यो हिंस्रक बाघबाट स्वयम् कांग्रेससमेत खतरामुक्त भने देखिदैन । माधव नेपालले नयाँ पार्टीको मान्यता पाएसँग हुने मन्त्रिपरिषदको बिस्तारपछि मन्त्री नपाउनेहरुको बिद्रोहबाट थाहा हुन्छ– अध्यादेश कति खतरनाक रहेछ । भनिन्छ, सर्पको विष झार्न नजान्नेले सर्प नखेलाउनु ।
राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– यो ५ दलीय गठबन्धनले आगामी चुनावका लागि सिटको समेत बाँडफाँड गरिसकेका छन् । यिनको एउटै लक्ष्य केपी ओलीको एमालेलाई सोत्राम पार्ने । विश्लेषकहरु भन्छन्– माधव समूहलाई माओवादी केन्द्रमा समाहित गर्ने र आगामी चुनावमा आफू एक्का बन्ने प्रचण्ड रणनीति हो यो ।
यसैका लागि पहिले आफू र पछि माधव नेपाललाई सरकार सञ्चालन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र त्यसैको लोभसमेत देखाइएको छ ।
यो गठबन्धन कायम रह्यो भने चुनावमा अचम्मको परिदृश्य देखिनेछ । विचार सैद्धान्तिक विचलन हुनेछ । सर्वहाराले पुँजीवादीलाई, पुँजीवादीले सर्वहारावादीलाई र जसपालाई मत हाल्नेछन् । यसपछि चुनाव हार्नेले लगाउने प्रत्यारोपले के मात्र नहोला ? राजनीतिमा अहिलेजस्तै अविश्वासको बाढीले बगाउने  छ । स्थिरता र शान्ति सपनामात्र हुने टिप्पणी गर्छन् विश्लेषकहरु ।