Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भेदभाव बिरूद्ध गोर्खा सैनिकको विरोध जारी

३२ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । बेलायत कस्तो देश हो, २ सय वर्षसम्म बेलायतका लागि छातीमा गोली थाप्ने गोर्खा सैनिकलाई आजसम्म पनि असमान र अन्यायपूर्ण व्यवहार नै गरिरहेको छ ।
गोर्खा सैनिकले बेलायती सेनामा नेपालीलाई समान व्यवहार गर्न माग गर्दै धर्ना गरिरहेका छन् । नेपालमा संसद चलेको छ, आवाज बुलन्द रूपमा कसैले उठाएका छैनन्, राप्रपा जस्ता साना पार्टीले भेदभाब नगर्न बेलायत सरकारसँग अनुरोध गरेको छ ।
राप्रपाको बक्तव्यमा भनिएको छ– तत्कालिन नेपाल सरकार र ब्रिटिश सरकारका बिचमा भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको दुई सय बर्ष नाघि सकेको छ । तर, आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरू माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरूपले अन्त्य हुन सकेको छैन । ब्रिटिश गोर्खाका पूर्व सैनिकहरूले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरूले उठाउँदै आएका जायज मागहरूप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमिमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरूको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ती मागहरू पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ।