Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सरकार नागरिकको चिच्कार नसुन्ने ?

३२ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । National Network of Disabled Conflict Victim @nndcv_np
मेरा खुट्टाहरू हरेक ४÷५ बर्षमा फेर्नु पर्छ ।  कृतिम खुट्टा महँगो पर्छ । आफ्नै खर्चमा फेर्न असम्भव प्राय छ । हाम्रो यस्तो अबस्थाको बारेमा सरकार किन मौन छ ? के हामी नेपाली नागरिक हैनौ ? रामचन्द्र बिक, कास्की 
(द्वव्न्दकालमा वववारिसे बम बिष्फोटनमा दुवै खुट्टा गुमाएका सर्वसाधारण)
जनयुद्धकालमा यसरी अनाहकमा अङ्गभङ्ग भएकाहरू कति छन्, सरकारलाई नै थाहा छैन ।
सरकारले गठन गरेका बेपत्ता र मेलमिलाप आयोगमा ६५ हजार मुद्दा छन्, ती मुद्दा किन छिनोफानो हुन्न ?
संविधान बन्यो, चुनाव भयो, संसद चल्यो, सरकार बन्यो, सरकार ढल्यो र फेरि सरकार बन्यो । यत्ति हो लोकतन्त्र भनेको । लोक अन्याय भयो भनिरहेका छन्, तिनले न्याय पाउने कहिले ? अपराधीले सजाय किन पाउँदैनन् ? शारीरिक र मानसिक प्रताडना सहेर आमनागरिकले कहिलेसम्म बस्नुपर्ने ? हिंसामा कसैले सजाय नै पाउँदैनन्, आमनागरिकका लागि न्याय दुर्लभ छ भने लोकतन्त्रको बके अर्थ रह्यो र ? यस्ता आमनागरिकको आवाज सुन्ने दिन कहिले आउँछ ?