Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तुइन र मान्छे काट्नु एउटै हो

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

१९९० मा पद्मशमशेरले सुदूरपश्चिममा नापी पठाए । नेपाली सीमा मिच्न पाइन्न भन्ने भीमदत्त पन्तलाई भारतीय सेनाले २००८ सालमा दिनुसम्म यातना दियो । जति यातना पाए पनि नेपाल बोल्न नछाडेपछि, नेपाली सिमाना र नेपाली सार्वभौमिकतामा सतिसाल बनेर उभिएपछि खतरा देखेको भारतले २०१० सालमा जोगबुढा भन्ने ठाउँमा भीमदत्तको हत्या गरिदियो । भारत स्वतन्त्र भएपछि नेपाली वीरको यो नै पहिलो भारतीय आतङ्कपूर्ण कार्य थियो ।
२०७३ सालमा शेरवहादुर देउवा नै प्रधानमन्त्री थिए । भारतले कल्भर्टका नाममा नेपाली सीमा मिच्न खोजेपछि मिच्न पाइन्न भनेर खडा भएका गोविन्द गौतमलाई भारतीय सुरक्षाले गोली ठोकेर मा¥यो ।
२०७८ साल साउनमा शेरवहादुर देउवा नै प्रधानमन्त्री छन्, भारतीय सुरक्षाले तुइन काटेर जय सिंह धामीलाई महाकालीमा खसालेर मा¥यो ।
हुन त भारतले २०४० भदौ ३० गते सुस्तामा २ जनालाई मारिदियो । भोलिपल्ट ३१ गते एसएसवीले नेपालीका धनमाल र इज्जत लुट्यो । २०४४ मंसिर २८ मा इलामको मानेभञ्ज्याङमा भारतीय सुरक्षाले लखनौं लूट नै मच्चायो । २०७५ सालमा भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउने बेला भारतीय सुरक्षा बलले कञ्चनपुरको सीमामा तारवार उखेलर फाल्यो, नेपाली भूमि अतिक्रमण ग¥यो । मोदी नेपाल आए, नेपाली नेतृत्व तह लाइन लागेर मोदीको चाकरीमा जुट्यो, स्वाभिमान लुटिएकोमा बोलेनन् ।
१८८० किलोमिटर सीमा खुला छ । खुला सीमामा आवतजावतमा बन्देज छैन तर जयसिंह धामीले अनुमति नलिएको भनेर मारेको दावी भारतको छ ।
सीमाक्षेत्रका नेपालीको गुनासो नै भारतीय दुव्र्यवहार हो । हरेक दिन नेपाली लुटिन्छन्, कुटिन्छन्, तर्साइन्छन्, सीमा मिचिन्छ ।
गतवर्ष बाराको विश्रामपुरमा भारतीयले नेपाललाई धुस्नु बनाएर चुटे । इलामको सन्दकपुरमा त नेपाल आएका पर्यटकसमेत नराम्ररी पिटिए ।
सन २००९ अर्थात १२ वर्षअघि सुजाता कोइराला परराष्ट्र हेर्ने उपप्रधानमन्त्री, माधव नेपाल प्रधानमन्त्री बनेका थिए, त्यतिबेला भारतीय सुरक्षाकर्मीले दाङको सीमामा नेपाली महिलामाथि लुटपाट र बलात्कारसहितको हिंसा मच्चाए । त्यतिबेला पनि नेपाली नेतृत्व बोल्न सकेन ।
नेपाली सीमा मिचिरहन्छ, नेपालीमाथि थिचोमिचो गरिरहन्छ । भारत दादागिरी चलाइरहेछ । शायद यहीकारण यसअघिका प्रधानमन्त्री केपी ओलीले संसदमै भनेका थिए– सत्यमेव जयते कि सिंहमेव जयते ? चारमुखे सिंह भारतको अनुहार हो । यो अनुहारलाई भारत सेवा, सुरक्षा, बन्धुत्व र शान्तिको अर्थ लगाउँछ । नेपालका सन्दर्भमा जंगली सिंहको जस्तो व्यवहार गर्छ, नेपाललाई त्रासदी र असुरक्षित बनाउँछ । यो बन्धुत्व होइन । न विशेष सम्बन्ध हो । न असल छिमेकीपन । नेपाल भारतका बीचका सीमा संवेदनशील छन् । नेपाल र भारत दुबै देशले सुरक्षाकर्मी खटाउँदा मानवीय संवेदना र मानवाधिकार बुझाएर पढाएर पठाउनु पर्छ । मानवताविरोधी राक्षस स्वभावका सुरक्षाकर्मीले सम्बन्धलाई तिक्ततामा बदलिदिन्छन्, भारतीय सुरक्षाकर्मीको कुकर्ममा निरन्तर देखिन्छ ।
 भारत र नेपाली नागरिक बीच कस्तो सम्बन्ध राख्ने, व्यवहार कस्तो गर्ने यसैमा सम्बन्धको विशिष्टिकरण झल्किन्छ । क्रुर भारतीय सुरक्षाकर्मीले नेपाली मनमनमा भारतका प्रति दिनदिनै घृणा बढेको छ ।
तत्कालीन प्रम सुशील कोइरालाले कम्प्लेन गरेपछि मोदीले सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए, त्यो निर्देशनको प्रतिफल जयसिंह धामीलाई मारियो ।
मोदी महाराज, तुइन र मान्छे काट्नु एउटै हो । नेता नबोलुन्, नेपाल भनेको नेपाली हुन्, नेपालीमा तपाईप्रति घृणा छ ।