Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपा आन्दोलित, ५ दल मौन

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । सरकार बोलेन, मानवाधिकार आयोग पनि मौन छ । छानबिन गर्न गएको टोलीलाई भारतीय सुरक्षाकर्मीले गाइड गरे । ससाना कुरामा व्यापक विरोधको स्वर सुनिन्थ्यो संसदमा । जयसिंह धामीमाथि भएको आततायी घटनाबारेमा संसद तातेन, नेतृत्व तह मौन छ । ५ दलीय मोर्चाले निर्माण गरेको सरकार पनि बोल्न सकेन । छानबिनको नाटक गरेर भारतलाई रिझाउन सत्ता चूप छ ।
प्रम देउवा, प्रचण्ड, माधव नेपाल, राजमो र जसपाका उपेन्द्र यादवमा स्वाभिमान छ । छ भने तिनको स्वाभिमान किन सत्ताको बन्दी बनिरहेछ ? 
‘भारतीय हस्तक्षेप बन्द गर’ भन्दै विप्लवको नेकपा पार्टी आन्दोलित छ । प्रदर्शनको क्रममा ‘भारतीय हस्तक्षेप बन्द गर’, भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर’ नारा घन्काए । नेकपाले राष्ट्रिय स्वाधिनताको रक्षा गर्न अपिल गर्दै देशव्यापी रूपमा प्रदर्शन गरिरहेको छ । सत्ता र विपक्षमा रहेकाहरूले भारत भक्ति गरे पनि देश र जनताको आवाज नेकपाले बोल्न थाल्यो ।