Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

विश्वभरि नै सी चिनफिङको खोप उदारता

२५ सोमबार , श्रावण २०७८५ बर्ष अगाडि

विशेष सम्बन्ध रहेको दावी गर्ने भारत सधैं नेपाललाई सधैं लुटिरहन्छ ।खुला सिमाना बन्द गर्दैन, अनुमति नलिएको भनेर तुइन काट्छ, जयसिंह धामीलाई महाकालीमा खसालेर मार्छ । सिमाना अतिक्रमण पनि भारतले नै गर्छ ।
छिमेकी बदल्न सकिन्न, त्यसैले नेपाल भारतको कहर सहन बाध्य छ । पैसा तिरिसकेको १० लाख खोप पनि दिदैन, चीनको जति उतारता देखाएन ।
शक्ति र सम्पन्न राष्ट्रहरूले जति धेरै खोप कब्जा गरेर बसेका छन् । ती सबैलाई उछिनेर चीनका राष्ट्रपति सी चिनफिङ्ले विश्वलाई कोरोना विरूद्धको कम्तिमा २ अर्व खोप सहयोग गर्ने घोषणा गरेका छन् । आगामी ४ महिनामा कोभ्याक्स कार्यक्रमलाई एक करोड डलर दिने, खोप किन्ने र आवश्यक पर्ने राष्ट्रहरूलाई वितरण गर्ने योजना चीनको छ । नेपाललाई जति चाहिन्छ खोप दिन चीन तैयार छ । अनुदान, किनेको जे होस्, खोप चीनले पठाइरहेको छ ।
खोपको हाहाकार भइरहेको नेपालमा झण्डै ४० लाख खोप भण्डारण हुनपुगेको छ । ती खोप वितरण गर्न सरकारको क्षमताले भ्याएको देखिदैन ।
राष्ट्रपति सीले आगामी दिनमा कोभिड विरूद्धको खोपको खाँचो अझ बढ्न सक्छ भन्दै ती देशहरूलाई खोप उपलब्ध गराउने बताएका छन् । कोभिड– १९ को अप्रेसन फोरमको गतहप्ता विहीवारको बैठकमा यस्तो सन्देश पठाएका हुन् । यतिमात्र होइन, सीले कोभिडविरूद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका खेल्ने पनि बताए । राष्ट्रपति सीको सन्देशले खोप कब्जा गरेका सम्पन्न र शक्तिशाली राष्ट्रहरूलाई झकझक्याएको छ । चीन बिआरआई नीति र खोप एकैसाथ बोकेर विश्व भातृत्व, समर्थन र सम्मान आक्रामक रूपमा आर्जन गर्न थालेको देखिन्छ ।
सिन्ह्वाका अनुसार कोभिड–१९ विश्व महामारी हो, यो महामारीबाट विश्व नै आक्रान्त भएकाले यसका विरूद्धमा विश्व नै एक भएर लड्नुपर्र्छ भन्दै चीन महामारी विरूद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताएका छन् ।