Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदी महाराज, मान्छे मार्नु आतंक हो

१८ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

४ वर्ष अघि (सन २०१७) तत्कालिन देउवा सरकारकै पालामा कञ्चनपुरमा भारतीय सशस्त्र बलले गोली हानेर गोविन्द गौतमको हत्या गरिदियो । देउवा सरकारले चुँ बोलेन र गोविन्द गौतमलाई शहीद घोषणा गरेर १० लाख दियो । नागरिक मारिदाको नेपाल सरकार !
त्यही भारतीय सशस्त्र बलले महाकाली नदी तर्दै गर्दा तुइन काटेर ३५ वर्षका जयसिंह धामीलाई महाकालीमा खसालिदियो । देउवा सरकारले भारतीय राजदूतलाई बोलाएर विरोध जनाउनेसम्मको साहस देखाएन । गृह मन्त्रालयले छानबिन समति गठन गरेर लाजगाल छोपेको छ । जब कि देख्ने व्यक्ति कल्याण सिंह छँदैछन्, फेरि केको छानबिन आयोगको नाटक मञ्चन ?
डडेलधुरा अर्थात सुदूरपश्चिमका ०४८ सालदेखिका निरन्तर जनप्रतिनिधि हुन् शेरबहादुर देउवा । दार्चुलावासी आप्mनै सदरमुकाम पुग्न पनि तुइन चढेर महाकाली तर्छन् र भारतको बाटो दार्चुला पुग्छन् । एसएसबी नेपालीलाई भेडाबाख्रा सम्झिन्छ र गोली ठोकेर, तुइन काटेर मार्छ । गत शुक्रवार फेरि नेपाली मारिए ।
नेपाली र भारतीय सरकारका प्रतिनिधि तुइन चुँडिएको ठाउँमा गए, सोधखोज, छानबिन गरे । दुबै पक्षले केही पनि बोलेनन् । त्यसपछि छानबिन समिति बन्यो ।
कांग्रेसले भन्यो– घटना आपत्तिजनक छ । कांग्रेस सभापति प्रधानमन्त्री छन्, मौन छन् । महाकालीमा ११ तुइन अझै छ । भारतले कति मार्नेहुन् भन्न सकिन्न ।