Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल र चीन एउटै डुङ्गामा

१८ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले नेपाली प्रधानमन्त्री देउवालाई भनेका छन्– नेपाल र चीन हिमाल र नदीको जोडिएका मैत्रीपूर्ण मुलुकहरू हुन् र उनीहरू एकै डुंङगाका यात्रु झै नजिक उभिएका छन् । कोरोना खोपविरूद्धको चुनौती सामना गर्न, बिआरआई अन्तर्गत उच्च गुणस्तरको सहकार्य गर्न, विभिन्न क्षेत्रमा पारस्परिक सहयोग बढाउन नेपालसँग सहकार्य गर्न, दुई देशको बीचमा रहेको रणनीतिक साझेदारीलाई सुदृढ बनाउन चाहन्छौं ।
लिको यो सन्देशको संकेत प्रम देउवाले कति बुझे भन्न सकिन्न, किनभने देउवा कम बोल्छन् र स्पष्ट बोल्दैनन् ।
प्रम देउवालाई बधाई दिने टेलिफोन कलमा चीनको यस्तो कूटनीतिक अर्थपूर्ण कुरा चीनले बताएको हो । यसैबीच चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार खछ्याङले चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको खुलासा पनि गरेका छन् । तर नेपाल भारत र अमेरिका रिसाउला भनेर डराएर बोल्ने गरेको छ ।
नेपालले चीनको बेल्ट एण्ड रोडजस्तो महत्वाकांक्षी योजनामा सही गरेको चार वर्ष बितिसकेको छ । यो चार वर्षमा चीनले विश्वका दर्जनौं देशहरू छिचोलेर बिआरआईलाई अगाडि बढाइरहेको छ, नेपालले बिआरआईबाट पायो के ? नेपालमा बिआरआईको स्थिति कस्तो रहेको छ ? नेपालले के के उपलब्धि हासिल ग¥यो ? नेपालले चीनको बिआरआईबाट अपेक्षा गरेका योजनाहरू के के हुन् ? स्पष्ट छैन । यसअघिको ओली सरकारले बिआरआई र चीनसँगको सम्वन्ध तथा सम्पर्कलाई कति महत्व दिएको थियो ? वर्तमान देउवा सरकारले दिने महत्व कस्तो हो ?
चीनलाई यो वधाई दिन किन २ हप्ता लाग्यो ? यो पनि महत्वको प्रश्न हो ।