Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमसीसी पास नहुने, भए राष्ट्रपति नै नमान्ने

१८ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्रीलाई शुभकामना दिदै एमसीसी पास गर्न आग्रह गरेर भारत भ्रमणमा आए । उनलाई नेपाल भ्रमणका लागि निम्तो दिने शुद्धीसम्म हाम्रा प्रधानमन्त्रीलाई आएन ।
यो खबर सार्वजनिक नहुँदै बेइजिङ हर्कतमा आयो र समकक्षी प्रम लिले फोन गरेर शुभकामना दिए । चीनले देउवालाई बधाई दिन २ हप्ता लगायो । र, बधाई भन्दै बिआरआईमा नेपाल औपचारिक सहभागी भएको ४ वर्ष भएको स्मरण गराइदिए । कुटनीति बुझ्नेहरू भन्छन्– चीन नेपाल कुन टर्न लिन्छ भनेर वाच गरिरहेछ ।
यता चीनको बिआरआई, उता अमेरिकाको एमसीसी, सार्कलाई महत्व नदिएर विमस्टेकलाई महत्व दिनुपर्ने चेपोमा नेपाल च्यापिदै गएको छ ।
नेपालले भारत र चीनलाई चिढाउन सक्दैन, अमेरिकाको दबाबलाई झेल्नैपर्छ, अब गर्ने के ? उसै पनि नेपालमा एमसीसी विरूद्ध ठूलै जनमत तैयार छ । यद्यपि संसदमा बहुमत छ, पास हुन्छ, संसदमा टेबुल गर्न सभामुखका लागि पहिलो र सबैभन्दा महत्व दिनुपर्ने प्रस्ताव पनि एमसीसी नै हो । एमसीसी पास भयो भने चीन टुलुटुलु हेरेर बस्दैन । यसैका लागि चीनले बिआरआई सम्झाएको हो ।
एमसीसीभन्दा पनि ठूलो कुरा बजेट पारित गराउनु छ । बजेट नै पारित भएन भने पनि १ सय ६५ को समर्थन पानीको फोका हुनसक्छ । यो कुरा देउवाले बुझेका छन् र असहाय भइरहेछन् । विज्ञहरू भन्छन्– नेपाल दुईधारे तरवारमा टेक्नैपर्ने वाध्यता छ । काटिने त नेपाल नै हो, समस्यामा नेपाल नै पर्छ ।
चीन विज्ञ र चीनका लागि पूर्वराजदूतहरूसमेत भन्छन्– प्रम देउवाका लागि यो ढुङ्गा चपाउनुजस्तै हो । चीनको बिआरआईको पक्षमा सहमति छ, एमसीसीका पक्षमा विवाद बढी छ । अमेरिका संशोधन नगर्ने, संशोधन नभई पास भए जनविद्रोह उठ्ने । माओवादीले समेत संशोधन पहिले भनेकाले अनुमोदन झन कठिन मुद्दा बनेको हो । यद्यपि सन्तुलनका लागि एमसीसी, बिआरआई संलग्न योजनाहरू अघि बढ्नसक्ने आँकलन गरिएको छ । तर एमसीसी पास भयो र राष्ट्रपतिले फर्काइदिए के हुन्छ ? आशंका धेरै छ ।