Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिका, चीन– नेपालको दुर्दिन

११ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । अमेरिकाले एउटै डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप दियो, लगाउन पनि सुरू भयो । तर अमेरिकी निर्देशनअनुसार सबै उमेरका तिब्बती शरणार्थीलाई र नेपाली ५० देखि ५४ वर्षका लागि मात्र दिइयो । अमेरिकाले डब्लुएचओको प्राथमिक सहयोगको खोप दिएको हो । अमेरिकाकै सहयोग नभए पनि खोप दियो, धन्यवाद छ । कमजोरी सरकारको गलत नीतिमा छ ।
२ वर्षअघि चिनियाँ राष्ट्रपति आउँदा सुपुर्दगी सन्धि हुनेवाला थियो, अमेरिकाले तिब्बती शरणार्थीलाई समस्या हुन्छ भनेर हुन दिएन । फर्कने बेलामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनविरोधीलाई धुलोपिठो पारिने भाषा बोलेर गए ।
यसपछि तातेको चीनको बिआरआई अन्तर्गतको विकास योजनाहरू शिथिल हुँदै गएका छन् । रेल, तेल र चिनियाँ विकासमा चिसोपन आएको अनुभूत गरिएको छ । भारो–अमेरिकाले मुस्ताङदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म सूचना संयन्त्र र अन्य उपकरणहरू राख्ने प्रवन्ध मिलाएका छन्, नेपालले अनुमति दिएको छ । अमेरिकी एमसीसी अब संसदमा पारित गर्ने चटारो सुरू भइसकेको छ ।
अमेरिका चीनलाई घेर्ने, भारत चीनलाई कमजोर पार्ने र चीन आफ्नो सुरक्षा सरोकारका लागि भित्री तहसम्मको तैयारी गरिरहेको संकेतहरू देखिन्छन् ।
अराजक र अस्थिर राजनीति, कमजोर सरकार र घुस्याह प्रशासन बोकेर नेपालको क्षमता क्षयीकरण हुनु भनेको नेपालले अस्तित्वको महँगो मूल्य चुकाउन तैयार हुनु हो । यी सब अमेरिका–चीन, नेपालको दुर्दिनका आहट नभए के हुन् ?