Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमसीसी पास गर्ने होमवर्क सुरू

११ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । भूषण दाहालले लिएको अन्तर्वार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डीबेरीले स्पष्ट शब्दमा भन्नुभएको छ– एमसीसीका लागि दिइने रकम अमेरिकी लगानी हो । अर्थात्, यो आर्थिक सहयोग होइन । लगानीमा प्रतिफल जसले पनि खोज्छ, यो प्राकृतिक नियम हो ।
अमेरिकाले ढाँटेको छैन । महामहिम राजदूतले सिधै भनेका छन्– यो अमेरिकाको एसिया प्यासिफिक स्ट्राटेजी नै हो । नेपालले चाहिन्न भने यो अमेरिकी विकास सहयोग लिन्न भन्न पनि सक्छ । राजदूतले नेपालीमा वक्तव्य तैयार गरेर सामाजिक सञ्जालबाट समेत यसै भन्नुभयो ।
एमसीसी नेपालमा ठूलै विवाद लिएर आयो । ०६८ साल माघ ५ गते प्रम डा.बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुनबाट सुरू भएको एमसीसी प्रक्रियामा खिलराज, सुशील कोइराला, केपी, प्रचण्ड, शेरवहादुुर सहितका ७ थान सरकार सामेल भए । अर्थात कोही पनि एमसीसीमा नमुछिएका ठूला नेता अथवा पार्टी छैनन् । यिनै कहिले पक्ष र कहिले विरोध गर्छन् । एमसीसी चाहिन्न भनेर कुनै नेताले स्पष्ट शब्दमा भन्न सकेका छैनन् ।
एमसीसीका विरोधी हुन् प्रचण्ड । देउवा सुरूदेखि पास गरौं भन्ने नेता हुन् । संसदमा पुगेको एमसीसी प्रस्ताव टेबुल गर्न सभामुख तैयार भइसके, अब संसदबाट यो प्रस्ताव पास गर्न होमवर्क भइरहेछ ।