Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

क्रान्तिकारीको दार्चुलामा मार्चपास

२६ मंगलबार , श्रावण २०७२११ बर्ष अगाडि

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा ६० विद्यार्थी लिपुलेक भञ्ज्याङ पुग्नेछन् र नारा लगाउने छन्– लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो। यिनको नारा छः भारत–चीन खबरदार, अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार। नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट्रिय झण्डा, पार्टीको झण्डा र संगठनको झण्डा दिएर दार्चुला मार्चपासको अनुमति दिएका थिए। बैद्यले भनेका छन्– कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मको सीमा नेपालकै हो, सुगौली सन्धिमा उल्लेख भएको सीमालाई हेरे खुलस्त हुन्छ। आफ्नो देशको सीमा पनि आफ्नो भन्न नपाइने अवस्था आयो, नेपालका सीमास्तम्भ फ्यााकिएका छन्। नेपाल सरकार मूकदर्शक बनेको छ।
गत जेठ १ गते भारत र चीनका प्रधानमन्त्रीले चीनमा व्यापार सम्झौता गरेर, लिपुलेकबाटै व्यापार बढाउने सहमति गरेका थिए। त्यसपछि निरन्तर नेपालमा भारत र चीनविरुद्ध जनआवाज तीब्र हुादै गएको छ। यो सम्झौता नेपाल विरोधी हो भनेर चीनको आधिकारिक संस्था  नेपाल–चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी तथा नेपाल चाइना सोसाइटीकी अध्यक्ष प्रेमकुमारी पन्तलेसमेत चीनले भूल सच्याउनुपर्ने अभिव्यक्ति दिएका छन् भने नेपालमा पुरानो चीनपक्षीय खम्बा मानिएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टले समेत चीनको यो व्यवहार अनुचित भएको बताएका छन्। यसैवीच २ हप्ता अघि नेपाल भ्रमणमा आएका उपमन्त्रीले त्यो सम्झौता सच्याउने संकेत गरेर फर्कैका छन् भने नेपाल चाइना सोसाइटीकी अध्यक्ष प्रेमकुमारी पन्त अहिले चीन भ्रमणमा बोलाइएकी छिन्। यद्यपि उनको स्तरबाट चीनले गम्भीरता लिन्छ भनेर मान्न सकिन्न। नेपालका राजनीतिक दलहरु र बुद्धिजीवी तथा सीमाविदहरु तथा ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललगायतका व्यक्ति र शक्तिहरुले चीन र भारतलाई ज्ञापन दिने र यो अनुचित व्यापार सम्झौता तत्काल खारेज गरी नेपाललाई पनि सहमतिमा लिन आग्रह गरिरहेका छन्। प्रचण्ड र शेरबहादुर देउवा दिल्ली भ्रमण गरेर लिपुलेक नेपालकै हो भनेर कुरा उठाएको प्रसङ्ग पनि छ। यद्यपि भारतले चीनसागको व्यापार सम्झौता सुधार्ने र नेपाललाई विश्वासमा लिने कुनै त्यस्तो संकेत भने गरेको छैन। अव नेकपा–माओवादी र क्रान्तिकारीहरु भारत–चीनवीचको लिपुलेक सम्बन्धको सम्झौता खारेज हुनुपर्छ, नेपालको भूमि नेपालकै हकाधिकारमा हुनुपर्छ भन्ने विद्रोह नै छेड्न पुगेका छन्। आज २६ गते दार्चुलामा मार्चपास तथा सभा गर्दा भारतले कस्तो प्रतिक्रिया जनाउने छ, त्यसैमा नेपालको भूगोलको सुरक्षाप्रति भारतको नीति स्पष्ट हुनेछ। कतै वामदेव गौतमले १७ वर्षअघि आफ्ना कार्यकर्तालाई नांगो खुकुरी दिएर कालापानी मार्च पास गराएजस्तो क्रान्तिकारी भारतीय बन्दुक देखेर तर्सेर नफर्कुन्? यतिबेला तमाम नेपालीको साथ र समर्थन क्रान्तिकारी युवाहरुकाले प्राप्त गरेकाले पनि भारतीयले बन्दुक ताक्न नसक्ने र युवाहरु पनि भागेर नफर्कने निश्चित ठान्दैछन् विश्लेषकहरु।