Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली सेनाको कमाण्ड अझ सशक्त बन्यो

०४ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

काठमाडौं । शुक्रवारदेखि नेपाली सेनाले सबै पृतना खारेज गरेर चार कमान्ड खडा गर्दा सेना अझ सशक्त बनेको छ । अब सेनाले चार ठाउँबाट राष्ट्रको सुरक्षा हेर्नेछ ।
पहिे सात प्रदेशमा आठ पृतना थिए । अब कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकामा एक गरी चार कमाण्ड लागू भएका छन् । सेनाले यो परिवर्तनले खर्च, दरबन्दी कतै पनि असर नपर्ने भनेको छ ।  सैनिक प्रवक्ताका अनुसार कोसी पूर्वलाई पूर्वी कमान्ड, काठमाडौं उपत्यकाबाहेक कोसी र गण्डकीबीचको भूभागलाई मध्यकमान्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमान्ड र कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागलाई पश्चिम कमान्डका रूपमा संरचनागत सुधार गरिएको छ ।
चारै कमान्ड हेडक्वार्टरहरूले औपचारिक रूपमा जिम्मेवारी सुरू गरिसकेका छन् । नेपाली सेनाको आन्तरिक दस्ताबेजमा यो सुधारलाई युद्ध केन्द्रित संरचना उल्लेख गरिएको छ । 
पूर्वी पृतना मुख्यालय धनकुटा सारिएको छ । मध्य कमान्ड पश्चिम पृतनामा स्थापना भएको छ । पश्चिम कमान्ड मुख्यालय सुर्खेतमा स्थापित गरिएको छ भने उपत्यका कमान्डको मुख्यालय नारायणहिटीमा कायम गरिएको छ । कमान्डपति उपरथी हुने र सेनापति भनिएको छ । पूर्वी कमान्ड सेनापतिमा उपरथी सन्तोषकुमार ढकाल, मध्य कमान्ड सेनापतिमा उपरथी विनयविक्रम राणा, पश्चिम कमान्ड सेनापतिमा उपरथी प्रेम शाही र उपत्यका कमान्ड सेनापतिमा उपरथी अशोक सिग्देलले जिम्मेवारी पाएका छन् ।