Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पश्चगमन संविधान मान्य छैन

२६ मंगलबार , श्रावण २०७२९ बर्ष अगाडि

राजतन्त्रको ठाउँमा गणतन्त्रमात्र लेखिएको संविधानको मस्यौदा हामीलाई मान्य छैन। यो संविधान पश्चगामी संविधान नै हो। यो कदापि लोकतान्त्रिक संविधान हुँदै होइन। नेपालमा संसदीय शासन व्यवस्था पहिलादेखि नै अफापशिद्ध भइसकेको छ, असफल व्यक्तिहरुबाट राज्यको पुनर्संरचना, सिंगो नेपाली समाजको पुनर्संरचना गर्दै उत्पीडित समुदायको हक र हितका निम्ति संविधान लेखिनुपर्ने हो, त्यसमा कुठाराघात गरिएको छ।यो मस्यौदा नै संविधान बनेर आउने हो भने यो ०४७ सालको संधिवानको पुनरावृत्तिमात्र हुनेछ। जनयुद्ध र जनआन्दोलनमाथि अपमान गरिएको छ। उपलव्धिलार्य बिस्थापित गर्न खोजिएको छ। हामीले श्रमजीवि, मजदुर किसान र उत्पीडित समुदायका जनजाती, आदीबासी, महिला, दलित, मधेसी लगायत जति पनि राज्यमा आफ्नो पहुँच नभएका, राज्यमा आफ्नो नेतृत्व नभएका, आर्थिक हिसावले विपन्न, अधिकारबाट बञ्चित भएकाहरुलाई अधिकार सम्पन्न बनाउने, आफ्नो शासनको मालिक आफूलाई नै बनाउने परिवर्तनको मान्यतालाई यो संविधानले संस्थागत गर्दै गर्दैन। यो संविधानले अन्तरिम संविधानलाई समेत संवोधन गर्न सकेन।
साँचो कुरा गर्ने हो भने चार ठालुहरुले १६ बुँदे सहमति गरे, त्यसैलाई संविधानको मस्यौदा र मस्यौदालाई संविधानको खोल ओढाएर ल्याउन लागेका हुन्। यस्तो स्वार्थको पोको संविधान चल्दै चल्दैन। स्वीकार गर्नै सकिन्न। संविधान हाम्रो पनि एजेण्डा हो। तर, २००७ सालबाट उठेको विषय राष्ट्रिय एजेण्डा बनेको जनयुद्ध र जनआन्दोलनपछि नै हो। २०४७ सालको संविधान जनताले पहिले नै अस्वीकार गरेका हुन्, त्यसैको पुनरावृत्त भएको संविधान फेरि पनि जनताले नकार्नेछ। अस्वीकार गर्नेछ। हामी, हाम्रो पार्टी पनि यसलाई स्वीकार गर्दैन। यस्तो स्थितिमा पनि संविधान घोषणा गरियो भने हामी त्यसलाई जलाउँछौं। बहुसंख्यक जनताको अहितमा आउनेसंविधान मान्ने बाध्यता कसैलाई पनि छैन। यो मस्यौदालाई आधा जनसंख्या अर्थात महिलाले अस्वीकार गरेका छन्। ठूलो जनसंख्याको हिस्सा मधेशीले अस्वीकार गरेका छन्। ३८ प्रतिशत हिस्सा भएको जनजातिले अस्वीकार गरेका छन्। हामी क्रान्तिकारी, देशभक्तहरुले अस्वीकार गरेका छन्। यसकारण बहुमतले यो मस्यौदा जो संविधान भनेर घोषणा गरिदैछ, स्वीकार गरेको स्थिति छैन। नाटकीय प्रक्रियाबाट बनेको संरचनामा ठूला पार्टी बनेका होलान्, तर जनयुद्धको औचित्य मटियामेट गर्न सकिन्न। बहुमत त निर्दलको पनि थियो। त्यसकारण जनयुद्ध र जनआन्दोलन किन अगाडि बढ्यो, नभुल्दा राम्रो हुन्छ। लाग्ला, हाम्रो पार्टी सेलायो। यो भ्रम कसैले नपाले हुन्छ। प्रतिगमनकारी सोचले केही समय जनताको आवाजलाई छेक्न सक्ला, जनता कसरी उठ्नुपर्छ, कसरी उठ्छन्, म जनता उठ्न्े छ भन्नेमा ढुक्क छु।जनताभन्दा ठूलो शक्ति अरु कुनै छैन। हामीले श्रमजीवी, उत्पीडित जनताको विषय उठाउँदा जसरी सिंगोदेश जनयुद्धमा होमियो, त्यसैगरी यी विदेशीको दलाली गर्ने शक्तिहरु अहिले हावी देखिए पनि तिनका विरुद्ध जनता उठ्नेछन्। यो यथार्थ यिनले बेलैमा बुझे बेश हुनेछ।   – सुनिज