Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वोच्चबाट प्रधानमन्त्री

२८ सोमबार , असार २०७८३ बर्ष अगाडि

गणको सभा प्रतिनिधिसमाले नियुक्त गर्नुपर्ने प्रधानमन्त्री सर्वोच्चबाट नियुक्त । शपथ पनि सर्वोच्चले खुवाए हुन्छ । संसद पनि सर्वोच्चले आह्वान गरे हुन्छ । राष्ट्रपति किन चाहियो ? यो सेतो हात्ती किन पाल्ने ?
गणतन्त्रको उपलव्धि राजनीतिको केन्द्र सर्वोच्च अदालत । गणतन्त्रको औचित्य पनि समाप्त भएन त ?
संविधान असफल भयो, संवैधानिक संकट झन बढेर जाने भयो ।

फैसलाका ४ मुख्य बुँदा 

१. संसद बिघटन लोकतान्त्रिक आदर्श, मूल्य मान्यता, संविधानवाद तथा संवैधानिक नैतिकता अनुकूल देखिन आएन।
२. ७ दिनभित्र अर्थात साउन ३ गतेभित्र संसद बैठक आह्वान गर्नु ।
३. ओलीको दावी संविधानसम्मत देखिएन । देउवाले पेश गरेको १४९ जनाको सिफारिस विश्वासको मत हासिल गर्न सक्ने देखिन्छ । २ दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु ।
४. स्वतन्त्र सांसदको हैसियत प्राप्त हुन्छ । दल त्याग सम्बन्धी कारवाही नगर्नु नगराउनु ।