बाकी विश्वसग अलग्गिएर देश कतिञ्जेल बााच्नसक्छ। जन्मेदेखि नै उत्तर कोरिया सारा विश्वसाग अलग भएर बााचिरहेको छ। उसका लागि उसको राष्ट्रको स्वाधीनताभन्दा प्यारो केही देखिदैन। अमेरिकालाई साम्राज्यवादी देख्ने उत्तर कोरियाले समय पनि आफ्नै निर्धारण गरेको छ। साम्राज्यवादी समयबाट अलग्गिएको घोषणा गरेको छ उत्तरकोरियाले। दोस्रो श्वियुद्धमार्फत जापानी शासनबाट मुक्त भएको दिन पारेर उत्तरकोरियाले आफ्नै समय अपनाउन लागेको बताएको छ। उत्तरको यो निर्णयबाट दक्षिण कोरिया खुश छैन तर उत्तर कोरियाले गरेको निर्णय जहिले पनि उसका लागि अहं रहने गरेको छ र यो पनि त्यस्तै हो।
स्मरणीय छ, उत्तर कोरियाको समय जापान र दक्षिण कोरियाकै क्षेत्रमा छ जुन ग्रीनवीच मिनटाइमभन्दा ९ घण्टा फास्ट छ। तर अव उत्तर कोरियाले आफ्नै समय निर्धारण गरेपछि (अगस्ट १५) ३० मिनेट ढिला हुनेछ। उत्तरकोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार 'दुष्ट जापानी साम्राज्यवादीहरुले कोरिायकालार्य आफ्नो समयबाट समेत बिमुख पारेका थिए, अव त्यससाई सच्याइनेछ, यथास्थानमा ल्याएएको छ। थप स्मरणीय के पनि छ भने १९१० मा कोरियाली महाद्वीपलई जापानले उपनिवेश बनाउनु अघि कोरियाली समय ग्रीनवीचभन्दा सााढे ८ घण्टा अगाडि दियो। केसीएनले स्पष्ट पारेको छ– जनता र राष्ट्रसेवकहरुको इच्छाको कदर गर्दै प्योङयाङले आफ्नै समय अवलम्बन गर्ने निर्णय गरेको हो। यो नयाा समय तालिकाले दुबै कोरियावीचको संयुक्त केसाङ औद्योगिक क्षेत्रमा केही समय असुविधाको अनुभव गर्नुपर्नेछ। आजसम्म समय निर्धारण गर्ने कुनै अन्तर्राष्ट्रिय निकाय नभएकाले आफ्नो मुलुकको समय आफै निर्धारण गर्नसक्ने अधिकार सबैसाग सुरक्षित रहेको छ। यसअघि समोआले सन २०११ मा आफ्नो समय परिवर्तन गरेको थियो। त्यसअघि भेनेजुयलाले पनि आफ्नो समय परिवर्तन गरेको घटना ताजै छ। हुनसक्छ, उत्तरकोरियाको यो समय परिवर्तनले कोरियाली प्रायद्विपमा शान्तिवार्तालाई सम्भव र तनावलाई हटाउन मद्दत मिलोस्।
अदालतको कल्याण होला? : गोविन्दप्रसाद पौडेल
जुन प्रधानन्यायाधीश आए पनि अदालतलाई स्वच्छ राख्ने, बिकृति र बिसंगत हटाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउने गरेका हुन्। भर्खर अवकाश प्राप्त गरेका प्रधानन्यायधीश रामकुमार प्रसाद साहले पनि बहाल भएकै दिन यही लल्लरी दोहोर्याएका थिए तर अवकाश हुनुपूर्व उनले जे जसरी कामकारवाही गरे, त्यो न्यायक्षेत्रमा ठूले अपसकुन मानियो र भर्खर बहाल भएका प्रधानन्यायधीशले कतिपय पूर्वनिर्णय उल्ट्याउनु पर्यो। आगामी दिनमा स्वच्छताका नाममा त्यस्तो नहोस्। अव प्रधानन्यायाधीशका रुपमा 'खरा न्यायाधीश' भनिने कल्याण श्रेष्ठ आएका छन्। उनले न्यायक्षेत्रलाई स्वच्छ राख्छु भनेका छन् र गोप्य सर्कुलरसमेत गरिसके। र, पारदर्शी रुपमा बरिष्ठ न्यायाधीश गिरिशचन्द्रलाल, बेद्यनाथ र गोविन्द कुमार उपाध्याय रहेको बिकृति र बिसंगति (भ्रष्टाचार नै हो) छानबिन गरी कारवाही गर्न अनुसन्धान समिति नै गठन गरेका समाचार सार्वजनिक भएका छन्। \u000a न्यायालय दुषित भइरहेको छ। यो लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्ने जो कसैका लागि चिन्ताको विषय हो। यही चिन्तालाई संवोधन गर्न प्रधानन्यायाधीश कल्याण श्रेष्ठले महत्व दिएका छन्। प्रश्न यत्ति हो कि यो सरखराहट, सुरुआत अलमलमा नपरोस्। छिटो प्रतिवेदन आओस् र त्यो प्रतिवेदन कार्यान्वयनमा ल्याउन सफलता मिलोस्। न्याय स्वच्छ होस्, सबैको पहुाचमा पुगोस्। यसकारण हाम्रो पनि साथ र समर्थन छ कि प्रधानन्यायाधीश कल्याण श्रेष्ठ न्यायालयको शुद्धिकरण गर्न र आफ्नो वचनमा पक्का निस्कियुन्। न्याय सम्पादनमा ढिलासुस्ती अर्को रोग हो। न्याय छिटो छरितो पार्न पनि प्रधानन्यायाधीशलाई सफलता मिलोस्। कल्याण श्रेष्ठ प्रधानन्यायाधीश बनेपछि जिल्ला न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस भए। ती सिफारिसहरुमा पनि राजनीतिकरणको गन्ध अनुभव गरियो, आलोचना भए। यस्ता आलोचनाले प्रधानन्यायाधीशको गरिमा बढाउादैन।