Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा अफगानिस्तानको जस्तो दृश्य

२१ सोमबार , असार २०७८३ बर्ष अगाडि

नेतृत्व कहाँ छ ?
काठमाडौं । देशमा रोजगारी नपाएपछि, आतंकको सिकार हुनुपरेपछि मानिसले के गर्दैन ? त्यसको परिणाम हो अफगानिस्तान । अफगानिस्तानमा युवाहरु वैदेशिक रोजगारीमा जानका लागि पासपोर्टको लाइनमा रातदिन लाम लागिरहेका छन् । नेपालमा पनि हालत यस्तै हुँदैछ । लोकतन्त्र आएपछि स्वर्ग बन्छ देश भन्नेहरुले युवालाई निकासी गरेर रेमिटान्सबाट राज्य चलाइरहेका छन् । युवाको रगत पसिना सत्तासुखमा खर्च गरिरहेका छन् । देश बनाउने सोच, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा कहिल्यै बहस भएन । यी जो नयाँ नेपाल बनाउने गफ गरिरहेका छन्, यी जुका हुन्, जो देश र जनताको रगत चुसिरहेका छन् । नेपाल र अफगानिस्तानका युवामा खासै अन्तर देखिन छाड्यो ।