Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्बन्धमाथि षडयन्त्र

१४ सोमबार , असार २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल- - 
अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी
जी ७ देशका नेताहरूले चीनको सिनचियाङका उइगुर मुसलमानहरूको मानवअधिकार उल्लंघन भएको, हङकङ विशेष प्रशासनिक क्षेत्रलाई थप स्वायत्तता दिइनुपर्ने साथै चीनमा कोरोना भाइरसको उत्पत्ति बारेमा गहन छानबिनको माग पनि गरे । चीनले यसको कडा शब्दमा विरोध तथा प्रतिवाद गरिसकेको छ ।
ईण्डो–पश्चिमाले छिन्नभिन्न पार्न नसकेको एउटामात्र बाँकी संस्था सेना हो । देशको संकट अब नियन्त्रणभन्दा बाहिर जानसक्ने लक्षणहरू देखिन थालेका छन् । यसलाई अनियन्त्रित हुन नदिन सेनाले समयमैं हस्तक्षेप नगर्ने हो भने नेपाली सेना पक्षघातको शिकार हुने र खाली ठाउँ पूर्तिगर्न नयाँ सशस्त्र शक्ति जन्मनसक्छ । खाली ठाउँ सँधै खाली रहन्न, त्यसलाई कसै न कसैले भरेर जान्छ भन्ने कुरा समाज विकासको नियम हो । देशमा ईण्डो–पश्चिमाका एजेन्ट र विदेशी नागरिकहरूको ताण्डवनृत्यलाई सदाको निम्ति अन्त्य गर्ने मौका सबैभन्दा अनुकूल बिन्दूमा पुग्न थालेको छ । यसकालागि आम नेपालीहरू मानसिक रूपमा तयार हुनु पर्दछ । केही दिनअघिमात्र प्रधानसेनापतीबाट आएको अभिव्यक्तिले परिस्थितिको गंभिरतालाई स्पष्ट पार्दछ । देशको संकट सामान्य प्रकृयाबाट सुल्झिन सक्ने संभावना नै छैन । नेपालका शत्रुहरूलाई धुलोपिठो पार्ने दिशाबाटै अगाडी जानु पर्दछ ।
ईण्डो–पश्चिमाले आफ्ना एजेन्टहरूलाई तयारी अवस्थामा राखिसकेको यथार्थता बाबुरामको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । उनले पहिले पनि नेपालमा ईण्डियन अत्याचारको विरोध हुँदा यस्ता काम जारी रहे नेपाल कतै मर्ज (विलय) हुन सक्ने धम्की दिएका थिए । अहिले फेरी उनले नेपाल ठूलो दुर्घटनाको संघारमा पुगेको चेतावनी दिएका छन् । यसलाई आम मानिसले भट्टराईले बाहिरको निर्देशनमा अभिब्यक्ति दिएको बुझेका छन् । अब यी सबै नेपाल विरोधी गिरोहहरूलाई चकनाचुर पार्नु पर्दछ । अन्यथा नेपाल अझ जटिलतामा प्रवेश गर्नेछ ।