Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक वाक्यमा भारत

०७ सोमबार , असार २०७८३ बर्ष अगाडि

काठमाडौं । चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले जुन १५ अर्थात् असार १ गतेको सम्पादकीयमा लेख्यो– सिक्किमलाई हड्पेको भारत भुटानलाई नियन्त्रणमा लिन र नेपालमाथि हस्तक्षेप गर्न चाहन्छ ।
हेर्दा सम्पादकीयको यो एक वाक्यमात्र हो । तर यो वाक्या तोपभन्दा डरलाग्दो आगो ओकल्ने खालको छ । दक्षिण एसियामा भारत के हो ? भारत के चाहन्छ ? भारतको नीति कस्तो छ ? भारतको नीति र आचरणलाई एकै वाक्यमा उतारिदिएको छ– ग्लोबल टाइम्सले । चीन निदाएको छैन, चीनले सुक्ष्म अध्यययन गरिरहेको छ भन्ने सन्देश पनि छ भारतलाई । भारतप्रति चीनको यो मूल्याङ्कनबाट नेपालले सावधानी अपनाउनुपर्छ, आफूलाई सजग राख्नुपर्छ ।
कमजोर छिमेकीलाई आड भरोसा दिन र असल क्षिमेकीपन देखाउन ठूलो मन चाहिन्छ । यसअर्थमा भारत दरिद्र हो । शुल्क लिएर पनि खोप नदिएर १३ लाख बृद्धबृद्धा दोस्रो खोपबाट बन्चित गर्ने भारत ‘छिमेकी पहिलो’ भनेर भ्रम छर्छ । नेपालसँग रोटी बेटीको सम्बन्ध रहेको फुइँकी लगाउँछ । यो त नेपालको कूटनीतिक र राजनीतिक कमजोरी हो कि भारतको दादागिरी सहिरहेछ ।
२०६२ मंसिर ७ गतेको दिन कालो दिन थियो । जुन दिन ७ राजनीतिक दलहरूले दिल्लीमा १२ बुँदे सहमति गरे । सही गर्नेहरूमा थिए– नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, ने.क.पा. (माओवादी) अध्यक्ष क. प्रचण्ड, नेकपा –एमाले) महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस –प्रजातान्त्रिक) का.वा. सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा, नेपाल अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) उपाध्यक्ष भरतविमल यादव, संयुक्त वाममोर्चा अध्यक्ष कृष्णदास श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी पे्रम सुवाल । नेमकिपाले पछि आफूलाई सच्याएर भन्यो– सही गरेर गल्ती भएछ ।
यसरी १२ बुँदेमा सही गर्ने हरेक दल र नेताले बिगत १५ वर्षमा लिनुसम्म सत्ताको लाभ लिएका छन् । नेपालमा भारतलाई हस्तक्षेपका लागि हरेक नेताले निम्तो दिए, हौस्याए । आफ्नो देशको मान मर्दन गरेर सत्तामा उक्लने र सत्ताभोग गर्ने स्वार्थका कारणले नै नेपाल दयनीय अवस्थामा पुगेको हो ।
विश्व समाजमा अलग्गै पहिचान र विशेषता स्थापित गरेको नेपाल आज पैसा तिर्छु भन्दा पनि खोपबाट बन्चित भइरहेको छ । हरेक नेता सत्ताका लागि झुत्ती खेलिरहेका छन्, जनताका लागि बाँच्ने आधारको बहस गर्दैनन् । नेपालले नै भारतलाई हस्तक्षेपका लागि निम्त्याइरहन्छ भने यो देखेर चीन चिन्तित छ, स्वयम् नेपालका लोकतन्त्र हाँक्ने सारथीहरू सत्तातिरमात्र आकर्षित छन् ।