Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोभीपापी बोक्दिन, बरू एक्लै हिड्छु

०७ सोमबार , असार २०७८३ बर्ष अगाडि

काठमाडौं । राप्रपा एकीकृत भयो, अबको चुनावमा बैकल्पिक पार्टी हुनेभयो भनेर राप्रपा कार्यकर्ताहरू खुब हौसिएका थिए, अध्यक्ष कमल थापाले लेखेका छन्– लोभीपापी अवसरवादीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरू एक्लै हिँड्छु । अर्थात राप्रपालाई तीन अध्यक्षले तान्न नसक्ने भएछन् ।
राप्रपाभित्र कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबरा मिलापत्र भएको थियो । अधिवेशन नै नआइकन खटपट सुरू भएछ । अध्यक्ष बन्न चाहने राणा र लोहनीकै कारण एकीकरण बीचैमा तुहिसकेको अर्थ निकाल्न थालिएको छ ।
अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्– ’लोभीपापी र अवसरवादीहरूलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ । विगतमा धेरै गल्ती गरियो । अब मसँग गल्ती गरेर सच्याउने समय छैन । त्यसैले, अब मेरो पछि कति छन् भनेर हेर्दिन । बरू एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरूसँग टाढै बस्छु ।’
एक राप्रपा नेताका अनुसार ओलीसँग सहकार्य गरेर सत्तामा समेत जान खोजेको थाहा पाएपछि राणा र लोहनीले तगारो तेस्र्याएपछि बिबाद चुलिएको हो । यसपछि थापाले लेखेका थिए– बिगतमा सत्तामा गएर गल्ती भएछ, अब गल्ती गरिन्न । थापाले भनेका छन्– अल्छी र त्यसमाथि ३ घोडाले रथ तान्न खोज्नु भूल थियो ।
उता नेपालगञ्जका मेयर धवल शमशेरले समेत अध्यक्षमा चुनाव लड्ने चासोदेखाएपछि राप्रपाभित्र भुइँचालो गएको छ । भनिन्छ– राप्रपामा बुढापाका नेता हावी छन्, तिनले नेतृत्व हस्तान्तरण कुनै हालतमा चाहेका छैनन् ।
 कांग्रेसमा शेरबहादुरले ‘म सभापतिमा उठ्छु’ भनेर घोषणा गरेझैं राप्रपामा कमल थापा अध्यक्षका एक्ला सशक्त उमेदवार हुने भएका छन् । थापाका कार्यकर्ताहरू भनिरहेका छन्– कमल थापाले मात्र राप्रपा र एजेण्डालाई बोक्ने क्षमता भएका नेता हुन् । अरू कुनै नेताले हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा बोक्न सक्दैन ।