Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ताइवानलाई २५ लाख, नेपाललाई ?

०७ सोमबार , असार २०७८३ बर्ष अगाडि

काठमाडौं । खुबै काविल भनेर ओलीले राजदूत बनाएका युवराज खतिवडा असफल भए । आफू कार्यकारी हुँदाहुँदै राष्ट्रपतिले पत्र लेखे पनि भारत, अमेरिका, रूस, बेलायत कतैबाट पनि जवाफ आएन ।
बरू गोर्खा सैनिक र सैनिक परिवारले मार्च गरेपछि बेलायतले दिन्छु भनेको छ, अमेरिकाले पनि दिने योजना बनाएको छ तर नेपाल सरकारको प्रभावकारिता शून्य देखियो । पैसा तिरेको १० लाख डोज त देउ, प्राढ, बृद्धबृद्धाले पहिलो खोप लगाएको १४ हप्ता भयो भन्नसमेत प्रधानमन्त्रीले सकेनन् ।
भूकम्प, कोरोना, बाढी पहिरोको विपत, महाविपत झेलिरहेको छ देश । यस्तो अवस्थामा न ‘जबज’ काम लाग्यो, न राष्ट्रपतिको ‘ब्रेक थ्रु’, न प्रचण्डको ‘क्रमभङ्ग’, न देउवाको ‘समाजवाद’, न राप्रपाको ‘संवैधानिक राजतन्त्र र हिन्दुवाद’, न मधेशको ‘रोटीबेटीको सम्बन्ध’ । राष्ट्रिय मुद्दामा, जनताको विषयमा सरकार र संसद विभाजित भएपछि कसैले नटेर्ने रहेछन् भन्ने फेरि सिद्ध भयो ।
लोकतान्त्रिक कालखण्ड भनेको के हो भन्ने विषयमा देशभित्र र बाहिर भन्न थालिएको छ– कम्युनिष्ट भनेको ओली–विद्या, ओली–प्रचण्ड, माधव, झलनाथ, बाबुराम, देउवा, जसपाको सत्ता र कमिशन भनेर हाँस्ने दिन आएछ भनेको सुनिन्छ ।