Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संसद पुनस्र्थापना कि १४९ को सदर

३१ सोमबार , जेठ २०७८५ बर्ष अगाडि

काठमाडौं । एकढलो भएर लागेपछि यतिबेला प्रधानमन्त्री केपी ओली एक्लो हुनपुगेका छन् । उनले आफूले सकेजति सबै उपायहरु लगाए पनि सर्वोच्चको विचाराधीन मुद्दामा कुनै प्रभाव पार्नसक्ने देखिदैन । सायद यसैले केही इसाईहरु र भारतीय दूतावासका निकटेहरु भन्न थालेका छन्– मोदीले ओलीलाई बोकेर पार लगाउन नसक्ने भए । असार १५ मा अरु दही चिउरा खान्छन्, केपी ओली जिल खानेछन् ।
शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दावी गर्नेहरुले सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर पेश गरेको १४९ जनाको बहुमतको सरकार गठन माग सदर गर्ने कि संसद पुनस्र्थापना गरिदिने भन्ने एउटा निर्णय आउने आँकलन हुनथालेका छन् । प्रधानमन्त्रीद्वारा बिघटित संसद पुनस्र्थापना भए पनि, १४९ जनाको दावी सदर भएर देउवा प्रधानमन्त्री बने पनि आखिरमा हार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीकै हुने हो । विज्ञहरु भन्छन्, यो अवस्थामा ओलीले हार्लान् तर संविधानमा राजा, बहुदल, निर्दल सबै समेटिएको गजबको नजीर भने देखिनेछ ।