Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

३ घोडाले तान्न सकेन राप्रपा

३१ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । अन्ततः एकीकरण र तेस्रो विकल्प बन्ने राप्रपाको सपना फेरि तुहिन थालेका संकेतहरु देखिएका छन् । स्वयम् अध्यक्ष कमल थापाले लेखेका छन्– ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन।यो नैसर्गिक सत्य हो । यो सत्य नवुझेको होईन,तर तिव्रगति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो । गतिहिन नै होला भन्ने सोचिएन ।’
यसकारण प्रश्न उठेको छ– दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ? च्यापिएर थलापर्न बेर छैन । अर्थात् राप्रपाको गति मति थला परेको सन्देश गयो, केही दिन हौसिएका कार्यकर्ताहरु निराश भएको अनुभूति हुन थालेको छ ।
दुई अध्यक्ष भएको नेकपा फुट्यो, ३ अध्यक्ष भएको राप्रपा कसरी चल्न सक्थ्यो र ? संशय थियो, भित्रभित्रै पाकेको त्यो संशय बिस्तारै सार्वजनिक हुनथालेको छ ।
तर्क जे गरे पनि दोष यिनै ३ जना नेताको हो । राष्ट्रिय राजनीतिलाई सही मार्ग दिन असफल हरेक दलका नेतृत्वमा राप्रपा पनि पर्छ । आगामी चुनावमा वैकल्पिक शक्ति बन्ने लक्ष्य बोकेर पनि अध्यक्षमण्डलमै मनोमालिन्य ? अचम्म ? को सही, को गलत यसको निदान राप्रपाका नेतृत्व र कार्यकर्ताले नै गर्लान् ।
यसैबीच अध्यक्ष थापाको मत छ– हरेक विवादको अन्त्य चुनावबाट हुनुपर्छ ।