Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजसंस्था फर्कने सूचना आएछ

३१ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । डा.बाबुराम भट्टराईका अनुसार राजसंस्था फर्किन्छ भन्ने सूचना पाएको छु । उनलाई सूचना आकाशवाणीबाट आयो कि नेपाली जनताबाट ? स्पष्ट छैनन् ।
२दचदज्ञढछद्ध ट्वीटरमा लेखिरहेका छन्– देश र जनता बिरूद्ध देशी बिदेशी शक्तिबाट गंभीर षडयन्त्र भैरहेको सूचना पाएको छु । त्यो षडयन्त्र के हो ? कसको 
हो ? यसबारेमा जनप्रतिनिधि हुँ भन्ने डा.बाबुराम जस्ता व्यक्तिले जनतालाई सुसूचित गर्नुपर्दैन ? अमूर्त र छद्म शैलीमा पालिसे कुरा गर्नुले उनको जिब्रोमा कसैले ताल्चा ठोकेको अनुमान गर्न कठिन छैन । बाबुराम जनतामा स्पष्ट हुनुपर्छ । जनता जान्न उत्सुक छन् ।
यद्यपि जिम्मेवार नेताले ‘मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको’ भन्न सक्नेले जनतालाई बताउनु पर्ने हो ।  ‘अकल्पनीय संकट’ भन्नेले यस संकटबारे जनतालाई सचेत त पार्नैपर्ने हो ।