Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतपछि दूतावास भवन नै बिक्री

२४ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

युके रोकेर जर्मनीको विक्री- - -
काठमाडौं । लण्डनस्थित नेपाली दूतावासको घरजग्गाको विक्री विवाद बढेपछि सरकारले जर्मनीस्थित दूतावासको घरजग्गा विक्री गर्ने निर्णय गरेको छ । विक्री किन ? देशको ऋण तिर्न, कुनै विशेष विकास योजनाका लागि ? खोप किन्न ? कमिशन खान ख्वाउन ? किन ? हचुवाका भरमा रोडा, वालुवा बेच्ने बजेट आउनासाथ जर्मनमा रहेको सम्पत्ति विक्री । सरकार पुनर्गठन भयो– अब पशुपतिनाथ, बुद्ध र सगरमाथा पनि बेच्ने कि ?
रघुवीरलाई परराष्ट्र किन ?
भारतले पठाएको सूचीमा प्रश्नचिन्हमा रहेका प्रधानमन्त्रीको प्रस्ताव, राष्ट्रपतिको लालमोहर । रघुवीर परराष्ट्रमन्त्री, डाक्टर पढ्ने महिला विद्यार्थीको अपमान गर्ने शेरबहादुर स्वास्थ्य मन्त्री ? ६ करोड डोज चाहिन्छ, ४५ लाख खोप आएको छैन, यस्ता कूटनीतिले खोप आउला ? उपप्रधानमन्त्री बनेका अर्थमन्त्री भन्छन्– खोप आउँछ । कहिले आउला ?
हुनसक्छ, रघुवीर महासेठले अब लण्डनस्थित दूतावासको सम्पत्ति पनि विक्री प्रवन्ध मिलाउने छन् । किनभने दलालहरू सलबलाइरहेका छन् र कमिशनको जालोले सिंहदरवारसम्मलाई घेरेकोे छ । यो सरकार केही समय अरू टिक्यो भने अरू के के विक्री हुने हो ?