Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दलाई लामाका प्रतिनिधि पनि मन्त्री ?

२४ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

दलाई लामाका प्रतिनिधि पनि मन्त्री ! जेठ २१ गते शुक्रवार १८औं पटक मन्त्रिपरिषदको पुनर्गठन गर्दा प्रधानमन्त्री केपी ओलीले चीन टुक्य्राउनै पर्छ भन्ने दलाई लामाका एक अनुयायीलाई मन्त्री बनाएका छन् । 
सत्ता टिकाउन भारतलाई खुशी पार्ने गरी कम्फर्टेवल मन्त्रिपरिषद बनाएको सम्म बुझ्न सकिन्छ । भारतकै इसारामा, भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाका फ्री तिब्बतका कार्यकर्तालाई पनि मन्त्रिपरिषदमा समावेश गरिनुले नेपालको परराष्ट्रनीतिमा विचलन आएको देखिन्छ । सरकार टिकाउन यसरी परराष्ट्रनीतिमै खेलवाड गरिनुले नेता र पार्टीहरू अब देशकै विश्वसनीयतालाई पनि सत्ता स्वार्थसिद्धीको हतियार बनाउन थालेको खतरा टड्कारै देखिन्छ ।
केही समय अघि दुईजना सांसद प्रदीप यादव र इकवाल मिया लाट्भियामा आयोजित फ्री तिब्बतबारे अन्तर्राष्ट्रिय नेटवर्कको भेलामा सहभागी भएका थिए । यस सम्बन्धमा तत्कालीन सभामुख कृष्णबहादुर महराले सोधखोजसमेत गरेका थिए । तीमध्येका एकजना शुक्रवारदेखि नेपालका मन्त्री बनेका छन् । त्यतिबेलै चीन र चिनियाँ दूतावासले गम्भीर रूपमा यो विषय उठाएको थियो, परराष्ट्र मन्त्रालयमा पत्राचार पनि गरेको थियो । परराष्ट्रले नेपाल एक चीन नीतिमा अडिग रहेको जवाफ फर्काएर स्थिति चर्कनबाट रोकेको थियो । तर चीनलाई सशंकित पार्ने गरी मन्त्रिपरिषदको गठन भएपछि चीनले यो विषयलाई गम्भीरतापूर्वक लिएको बताइन्छ । नेपालमा केही समयदेखि फ्री तिब्बतको खुला विद्रोह रोकिए पनि भित्रभित्रै दलाई लामाका अनुयायीहरू तीब्र गतिमा सशक्त बन्दै गएको बताइन्छ । कतै यही विषयले नेपाल–चीन सम्बन्धमा चिसोपन नआओस् ।