Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डको भन्दा कम्फर्टेवल

२४ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

लोकतन्त्र आयो, निरङ्कूशतन्त्र गयो भनेर झ्याली पिट्ने जनताले देखे– लोकतन्त्र कस्तो हुनेरहेछ ? न संविधान संविधानजस्तो रह्यो, न संसद संसदजस्तो ? न नेता नेताजस्ता रहे, न कर्मचारी कर्मचारीजस्ता ? जो छन्, अपराधमा डुबेका छन् । अपराधीले देखाउने अपराध हो, लोकतन्त्रका नाममा अपराध बाहेक केही देखिएन ।
काठमाडौं । २०५३ सालमा कांग्रेसका गिरिजाले झैं २०७८ मा कम्युनष्टिका ओलीले वैधानिक नै नभएको सरकारको तमासा देखाइदिए । २०६३ सालमा गिरिजाप्रसाद कोइरालाले राजा हुँदाहुँदै कार्यवाहक राष्ट्राध्यक्ष बनेर मन्त्रीहरूलाई सपथ ख्वाइदिए, चिनियाँ राजदूतलगायतका राजदूतको ओहदाको प्रमाणपत्र बुझिदिए । 
जोगी सन्यासी समुदायमा आतुर भोज खाने चलन छ । कुनै जोगी सन्यासीलाई मर्छु भन्ने लाग्यो भने तुरून्तै आतुर भोजको आयोजना गर्छन् । सरकार वैध कि अवैध भन्ने प्रश्न अदालतमा झुण्डिएको काम चलाउ अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषदको पुनर्गठन गरिदिए । कतै यो आतूर भोजजस्तै आयोजना त होइन ? यो कस्तो कन्फुज्ड संविधान हो ? हवाइजहाजले नोज डाइभ गरेको र संविधान दुर्घटनाग्रस्त भएको दृश्य हो यो भन्छन् स्वतन्त्र विश्लेषकहरू ।
ओली सरकार फालेर भारतका लागि कम्फर्टेवल सरकार बनाउँछु भन्ने प्रचण्डलाई ओलीले नै उछिनिदिए । मन्त्रिमण्डलमा १० जना मन्त्री फेरेपछि घोषणा गरिदिए– भारतसँग अब असमझदारी हट्यो ।
कत्रो चिन्ता भारतको ? भारतलाई खुशी पार्न रोडा, बालुवा विक्री गर्ने बजेटमै व्यवस्था, त्यसपछि संविधान आगो लगाउने जत्थालाई मन्त्रिपरिषदमा समावेश । एक मधेश नभए एक नेपाल पनि रहन्न भन्ने, मधेश नेपालबाट छुट्टिन सक्छ भन्ने पहिलेका रक्षामन्त्री शरद सिंह भण्डारी पनि मन्त्री ? भारतको समर्थन बिना नेपालले श्वास पनि फेर्न सक्दैन भन्ने राजेन्द्र महतो उपप्रधानमन्त्री ? योभन्दा कम्फर्टेवल सरकार त बन्नै सक्दैन । सरकार नेपालको, सरकार बनाउने र चलाउने योजना भारतको ।
भारतसँग सुरूङयुद्ध थच्चिए, मधेश अलग देश भन्नेहरू मच्चिए । २०६२ सालको १२ बुँदेले दरवार र राजधानीलाइ दिल्ली सारेको योभन्दा अर्को प्रमाण के चाहियो ? नेपालविरोधी को रहेछ, भारतवादी को रहेछ ? तेल पानी एक भए, नेपालवादी हिन्दुराष्ट्र र राजतन्त्र पिना बनेर बाहिर पारेको रहस्य खुल्यो अब । नेपाली राजनीति, नेताहरूको मुखुण्डो खुल्यो, छर्लङ्गै देखियो । लोकतन्त्र लोकका लागि सराप नै हुनपुग्यो ।