Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महेन्द्रपाल चौधरी जन्माइदैछ

१७ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । फिजी लेवर पार्टी गठन गर्न सफल भारतीय मूलका महेन्द्र पाल चौधरी सन १९९९ मा प्रधानमन्त्री नै बन्न सफल भए । आज पनि फिजीमा भारतीय मूलको आधिपत्य कायम छ । पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्र र महेन्द्रले राष्ट्रवाद जगाएको देशमा लोकतन्त्र भनेर नथाक्ने नेताहरूले फिजीमा झैं महेन्द्र पाल चौधरीहरू जन्माउने भए ।
राजा वीरेन्द्र हत्याकाण्डको सिकार भए तर अनागरिकलाई नागरिक बन्न दिएनन् । २ वर्षदेखि नागरिकता विधेयक संसदमा छ, अध्यादेशमार्फत नागरिकता विधेयक ल्याइयो । जन्मशिद्ध नागरिकता पाएकाका सन्तानले बंशजको नागरिकता पाउनेछन् । यसबाट राजेन्द्र महतो, महन्थ ठाकुर खुश छन् । राजनीति, व्यापार, उद्योगमा पकड जमाएका भारतीय आप्रवासीहरूको साजिस हो यो । सत्तावादीका लागि सबै जायज लाग्ला, तर यो देशका लागि घातक अभ्यास हो ।