Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यी विदेशीको नेपालविरूद्ध बक बक

१७ सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । भारतले नेपालविज्ञ भनेर उचालेका एसडी मुनी, श्यामशरण, केभी राजन र रंजित रेहरू फेरि नेपालविरूद्ध चकचक गर्न थालेका छन् । उनीहरू सबैको एउटै मत छ– राजतन्त्र आएमा भारतलाई घाटा छ । राजतन्त्रले जहिले पनि भारतलाई टाढा बनायो । भाजपाको स्वयम् सेवक संघ र योगीका क्रियाकलापहरूले राजतन्त्रलाई सघाउन थालेकोमा उनीहरूले आपत्ति प्रकट गरेका हुन् ।
नेपालका सबैभन्दा ठूला विरोधी हुन् श्याम शरण । उनले लेखेका छन्– ‘ओली भारतका प्रीय हुन् भन्ने धारणा काठमाडौंमा बनेको छ, ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचार बनेको छ । भारतले नेपालमा राजसंस्था नचाहेको स्पष्ट पार्नुपर्छ ।’ यता केभी राजन र रंजित रे केही सफ्ट भएको अभिव्यक्ति दिइरहेका छन् । तर उनीहरूले बुझेका छैनन्– नेपालमा भारतले राजतन्त्र ल्याइदिने होइन, आए नेपाली जनताको विश्वासले आउनसक्छ ।
यी कथित खुनी दिमाग भएकाहरूले बुझ्नुपर्छ, यिनीहरू आफै भारतका लागि आउट डेटेड भइसके । नेपालको संचेतना धेरै माथि पुगिसक्यो । नेताहरूले पनि बुझ्न थालेका छन् ‘सबैको सहमतिले अगाडि बढ्न जरूरी छ ।’
यता राप्रपाका अध्यक्ष त्रय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर एक भएर भन्न थालेका छन्– यदि संविधान भित्रको राजसंस्था आज देशमा भएको भए यो राजनैतिक दुरदशाको अवस्थामा हामी पुग्ने थिएनौ । यो यथार्थतालाई अव दलहरूले वुझ्ने कि नवुझ्ने ? संविधान भित्रको राजसंस्थाको वारेमा दलहरूबीच रहेको पूर्वाग्रह वारे पुनर्विचार गर्नु आवश्यक भइसकेको छ ।