Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागरिक मारिदै, सत्ताझगडा चर्कदै

१० सोमबार , जेठ २०७८३ बर्ष अगाडि

– कोरोनाको संक्रमणले जनतालाई मृत्युको मुखमा होमिरहेछ ।
– अस्पताल व्यवस्थापन र खोपको बन्दोबस्त लथालिङ्ग छ ।
– देउवा, प्रचण्ड, माधव, झलनाथ, बाबुरामजस्ता ५–५  प्रधानमन्त्री सत्ता प्राप्तिको लागि लुँछाचुँडीमा लागेका छन् ।
– सत्तामा जान प्रधानमन्त्रीविरूद्धको आन्दोलन चर्काइएको छ ।
– एकपल्ट फेरि अदालतमाथि राजनीतिक दबाब हालिदैछ ।
– सत्ता टिकाउन नागरिकताको सौदावाजी, प्रतिपक्ष मौन ।
– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दर्जनौं मुद्दा हालियो, नागरिकता विधेयक विरूद्ध कुनै पार्टीले मुद्दा हालेनन् ।
– जनतालाई मृत्युबाट बचाउन कुनै मुद्दा हालिएको छैन ।
– ओली लेण्डुप पथमा, प्रतिपक्ष लेण्डुप पनि लेण्डुप पथमा ।
– एकैदिन १ सय ७० सगरमाथाको चुचुरोमा, एकैपल्ट सत्ता, प्रतिपक्ष, संविधान, संसद, नागरिक समाज नैतिकहीन शिखरमा ।
काठमाडौं । जनताले वाम गठबन्धनलाई स्थिरता र सुशासनका लागि दुई तिहाइ बहुमत दिए । वामपन्थीहरू हामपन्थी बनिदिनाले फेरि चुनाव घोषणा भएको छ । पहिलोपल्टको संसद बिघटनलाई अदालतले बचाइदिए पनि यो पल्टको संसद बिघटन के हुन्छ ? अड्कलबाजी भइरहेको छ ।
यसपल्ट नेपाली राजनीतिमा उत्तर, दक्षिण र पश्चिमको प्रवेश भएको छ । यसै भन्न सकिन्न, राजनीतिले कतातिर कोल्टे फेर्ने हो । यहाँसम्म कि वामपन्थीहरूको सत्ता झगडामा राजा वीरेन्द्रले अस्वकिार गरेर बचाएको नागरिकता वितरणलाई सत्तापक्षले सीमामा बसेर बाँडिने चकलेट बनाउन समेत अग्रसर भएको छ भने सत्ता इतरका माओवादी केन्द्र, सत्तावादी दलका विद्रोही माधव–झलनाथ समूह, जसपाका डा.बाबुराम–उपेन्द्र समूह, संयुक्त जनमोर्चा ले कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन ओली निरङ्कूशताको विरूद्ध भन्दै अग्रगमनको झ्याली पिटिएको छ ।
लोकतन्त्रमा विवाद, बहस हुन्छ तर लोकको मृत्युको मूल्यमा सत्ताको नङ्गा नाच कुनै पनि देशमा हुनेगर्दैन । नेपालमा देखियो ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोभिड–१९ को उच्च जोखिममा रहेको घोषणा गरिसक्यो । अन्य मुलुकहरूमा नेपाल महामारीको महाविपतमा फसेको चिन्ता र चासो प्रकट गरिदैछ । बेलायत, चीन, अमेरिकादेखि ओमनसम्मका आपातकालीन स्वास्थ्य सहयोग आइरहेका छन् । नेपालका गाउँसम्म कोरोना संक्रमण फैलिसकेको र हरेक दिन २ सयभन्दा बढी नागरिक अक्सिजन, उपचार, अस्पताल नपाएर मरिरहेका छन् । यो सेनाले दिएको संख्यामात्र हो । दूरदराज गाउँमा कोरोनाले कति संक्रमित छन्, मरिरहेका छन्, कुनै हिसावकिताव छैन । जनप्रतिनिधिहरू राजधानीमा सत्ता जोगाउने, सत्ता प्राप्त गर्ने प्रतिस्पर्धामा सहभागी छन् ।
यो कस्तो लोकतन्त्र हो, जहाँ लोकनेताहरू विदेशीका भरिया भएर विदेशी गोटीचालमा उफ्रीरहेका छन् । यहाँसम्म कि नागरिक समाजसमेत नागरिकसँग होइन, सत्ता हानाथापमा जोडिएका छन् । आमनागरिकका लागि बोलिदिने कोही छैनन् । आमनागरिकको जनजीवन अस्तव्यस्त भइरहेको छ । गाँस, बास, कपास, उपचार नागरिकको पहुँच बाहिर पुगिसक्यो । संसद, सरकार र राजनीतिक विवादलाई संविधानले निकास दिन सकेन । संविधान कागजको खोस्टोमात्र बन्यो । राजनीतिमा जेजस्ता परिदृश्य देखिएका छन्, यो नैतिकहीनताका लज्जास्पद दृश्यहरू हुन् । नागरिक मारिदैछन्, सत्ता झगडा चर्कदै गएको छ