Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आन्दोलन होइन, चुनावमा जाऔं

१० सोमबार , जेठ २०७८३ बर्ष अगाडि

काठमाडौं । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे रोहितले यो समय आन्दोलन गर्ने होइन, चुनावमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रपतिले संसद बिघटन गरिसकेपछि यसको बिरोध गर्नुको कुनै अर्थ नरहेको रोहितको तर्क छ । रोहितकै शब्दमा– सबै दलहरूमा अनुशासन भंग भयो, शासक दलहरू यसको मुख्य जिम्मेवार हुन् । यी दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ । चुनावको नेमकिपा स्वागत गर्छ । अब स्थिरताका लागि पनि चुनावमा जानैपर्छ । नेमकिपाले अघिल्लोपटक पनि चुनावमा गएर निकास दिनुपर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरूलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनःस्थापना गरिदिएको होला । तर, परिस्थितिले फेरि चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब ताजा जनादेशको विकल्प छैन ।
आन्दोलन गर्छौं भन्नुको अर्थ छैन भन्दै अध्यक्ष रोहितले देशलाई यथास्थितिमा राखेर ६–६ महिनामा आफू नै सरकारको नेतृत्वमा जानुपर्छ भन्ने योजना बनाएकाहरूले सत्ता नपाएर पनि विरोध गरेका होलान्, सरकारमा जाने बाटो त चुनावपछि पनि छँदैछ । जनतासँग मत लिन    तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई दायाँवायाँ नगर भन्नुपर्छ ।
अध्यक्ष रोहितको आरोप छ– चुनावमा भोट चाहिने, जनतालाई संकट परेका बेलामा थाहै नपाएजस्तो गर्ने ? यो समय दलहरू कोभिड–१९ नियन्त्रणमा सक्रिय हुनुपर्छ । जनता उपचार नपाएर मरिरहेका छन्, दलहरूले आफ्ना कार्यकर्तालाई स्वयम्सेवका रूपमा खटाएर कोभिड नियन्त्रणमा लाग्नुपर्नेमा त्यसो गर्न सकेनन् । यो बेला आन्दोलन गर्ने होइन, जनतालाई साथ दिन गाउँ जानुपर्छ । पहिले जनताको ज्यानको सुरक्षा गर्नुपर्छ । विकेन्द्रीकरणले मात्र महामारी रोक्न सकिन्छ ।