Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रचण्ड सुझाव माँग्दै, एमाले टास्क फोर्स !

०३ सोमबार , जेठ २०७८५ बर्ष अगाडि

काठमाडौं  । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कस्तो बनाउने ? सुझाव माँगेका छन् ।
एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकढिक्का बनाउन सुझाव दिन टास्क फोर्स बनाएका छन् ।
प्रधानमन्त्री ओली भन्छन्– कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा छौं ।
प्रतिपक्षी कांग्रेस, जसपा, राप्रपाहरू आफैभित्रका असन्तुष्टि व्यवस्थापनमा असरल्ल देखिन्छन् ।
देशको स्वास्थ्य व्यवस्थानै कोमामा गइसक्यो । कतिपय अस्पताहरूमा स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको अवस्था छ । तथापि आफ्नो जीवन नै जोखिममा हालेर भए पनि पेशागत धर्ममा जुटिरहेकाहरू भनेका स्वास्थ्य र सफाइकर्मीहरू नै हुन् । उनीहरू नागरिकको स्वास्थ्य बचाउन स्वास्थ्य सामग्री देउ भनिरहेका छन्, सत्ता सम्हालेको दल एमाले आफू आफू मिल्नका लागि टास्क फोर्स गठन गरेर बहसमा छन्, माओवादी केन्द्र पार्टी कस्तो बनाउने भन्ने चिन्तामा छ, प्रतिपक्षी सत्ता नपाएर सन्निपात भएर पक्षाघात रोगीजस्तो देखिन्छ ।
जनता किन मरिरहेका छन् ? अक्सिजन र औषधि किन अभाव भयो ? के गर्न सकिन्छ ? मिलेर हारगुहार लगाए अकाललाई रोक्न सकिन्थ्यो भन्नेतिर राजनीतिक ध्यान गएकै छैन । एकले अर्कोलाई दोषी देखाउने र छिर्की हान्ने राजनीति लोकतन्त्र ठानिरहेकाहरूलाई जनताले चिन्ने बेला यही हो । विश्लेषकहरू भन्छन्– योभन्दा गैवार, गैरजिम्मेवार राजनीति विश्वमै छैन । अझै पनि संक्रमणलाई रोक्न सकिन्छ, यिनीहरूले सत्ता राजनीतिक खिचलोलाई केही समय थाँती राखे ।