Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

खोप देउ अमेरिका

२७ सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । काठमाडौं । भारतको सिरम फैक्ट्रिसँग २० लाख डोज खोपको प्रति डोज ४ डलरका दरले पैसा पठायो । ५० लाख डोज किन्ने सहमति पनि भयो । तर फागुन ५ मा १० लाख डोज पठाएपछि कमिशन एजेण्ट हुकाम प्रालिका विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यले ३५ करोड कमिसन खाने दाउमा खोप नपठाउ भनेर तगारो हाले ।
यो कुरा स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले खुलाएपछि नेपालमा तहल्का मच्चिएको छ । यो खोप नआए पहिलो डोज लगाएको ज्यान तलमाथि पनि हुनसक्छ । जनताको मृत्युमा कमिशनको खेल, अक्सिजनको अभावजस्तै यतिबेला डरलाग्दो भइरहेको छ । देश र जनताको जीवन हरेक दिन लुटिदैछ ।
यता खोपको जिम्मेवारी उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिए पनि खोप आउने निश्चित छैन । उता सिरमका सीइओ आदर पुनावाल लण्डन भागेका छन् । उनले लण्डनबाटै आफूलाई पटक पटक धम्कीपूर्ण फोन आएपछि लण्डन आएको बताए ।
यता सरकारले गर्नुपर्ने काम कोभिड एलायन्स फर नेपाल भन्ने संस्थाले गर्न थालेको छ । यो संस्थाले अमेरिकी राजदूत रेण्डी बेरीलाई पत्र लेखेर १ करोड २० लाख डोज खोप माग गरेको छ । हालै अमेरिकाले ८५ लाख डलर नेपाललाई सहायता गरे पनि खोप बढी महत्वपूर्ण रहेको बताएको छ ।
यो संस्थाले नेपाललाई महामारीले लपेट्दै लगेको छ, आगामी असार मसान्तसम्म नेपालमा ८ लाख सक्रिय संक्रमित हुनसक्ने र वर्तमान स्वास्थ्य पूर्वाधारले बिरामीको चापलाई नधान्ने बताउँदै आग्रहपत्रमा अमेरिकाले कदम चालेको खण्डमा हजारौं जीवन जोगिन सक्ने स्मरण पनि गराइएको छ ।