Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक्लो वीर, महावीर

२७ सोमबार , बैशाख २०७८३ बर्ष अगाडि

काठमाडौं । अस्पताल अस्पताल पुगेर बिग्रेका अक्सिजन प्लान मरमत गरिरहेका छन् । थोरै अक्सिजनले कसरी बढीभन्दा बढी संक्रमितलाई सेवा पु¥याउन सकिन्छ भनेर साधन, उपाय दिइरहेका छन् । संक्रमितको सेवामा सहभागी साथीहरूलाई देशैभरि खटाइरहेका छन् । खटिरहेका छन् ।
एक्लो वीर, महावीर हुन् ।
कोरोनाको महामारी, महाविपतमा ठूला उद्यमी, व्यापारी, व्यवसायीहरूले व्यक्तिगत र संस्थागत रूपमा समेत सहयोगी हात बढाएका छैनन् । तर महावीर पुन, केही युवाहरू आफ्ना गाडीलाई एम्बुलेन्स बनाइरहेका छन्, चन्दा उठाएर भोकाको पेट भरिरहेका छन्, अक्सिजनको जोहो गर्दै बिरामीसम्म पु¥याइरहेका छन् । महावीर पुन र यस्ता महावीरहरू समाजसेवामा खटिनु भनेको संवेदना बचाउनु पनि हो, मानवीयता बचाउनु पनि हो । सरकार, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, उद्यमी, व्यवसायीहरू स्वार्थमा लिप्त भइरहेका बेलामा पनि जनताका लागि जनता जुटिरहेका छन् । जनताका लागि राजनीति भएन भने, यस्तो गैरजिम्मेवार राजनीति बोक्न जनता किन अघि सर्ने भन्ने प्रश्न उठिसकेको छ । जनताले दण्ड देलान् ।
महावीर पुनको एउटा अनुरोध यस्तो छ–Mahabir Pun @MahabirPun
हिमाल चढ्ने र ट्रेकिंग गर्ने कुनै कम्पनीहरू संग खाली अक्सिजन सिलिन्डर छ भने राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गर्नुहोस् अथवा सापटी दिनु होस् । हामीले ती खाली सिलिन्डरहरूमा अक्सिजन भरेर कोरोना बिरामीहरूलाई उपलब्ध गराने छौं । सम्पर्क– phone, Viber,Whatsapp 9841592361