Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बेदान्ताचार्य पनि झूठ बोल्छन्

१८ सोमबार , श्रावण २०७२९ बर्ष अगाडि

दिल्ली दरवारमा हाजिर बजाउन पुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका अनुसार आफूसँगको भेटमा करण सिंहले २०६३ साल वैशाख ११ गते राजतन्त्र राख्ने कुनै सहमति नभएको स्पष्ट पारेका छन्। त्यसो भए सहमति चाहिँ के भएको थियो र राजाले के आधारमा संसदको पुनर्स्थापना गरे त? यस सम्बन्धमा भने करण सिंहले केही नबताएको खुलासा गर्दै करण  सिंहले भनेको भन्दै देउवाले भनेको छन्– आफूहरु लोकतन्त्रको पक्षमा रहेकाले लोकतान्त्रिक आन्दोलनको बेला आफूहरुले राजा राख्ने लिखित सहमति गरेको भन्ने कुरा भ्रममात्रै हो। त्यसो भए बेदान्ताचार्य करणसिंहले पनि झूठ बोले त?
तत्कालीन अवस्थामा भारतमा कांग्रेस आईको सरकार थियो र डा.मनमोहन सिंह प्रधानमन्त्री थिए। नेपालमा जनआन्दोलन चरममा पुगेका बेला भारतले करण सिंहलाई भारतको दूतका रुपमा नेपाल पठाएको थियो। करण सिंहकै साक्षी रोहवरमा २०६३ साल वैशाख ११ गते दरवारभित्रै राजनीतिक सहमति भयो र पूर्वराजा ज्ञानेन्द्रले संसद पुनर्स्थापना गरेका थिए। स्मरणीय छ, त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए, उनको स्वर्गवास भइसक्यो। माधवकुमार नेपालले कुनै सम्झौता भएको थिएन भनिसके।